मोरङ : मोरङमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको धनपालथान गाउँपालिका–४ कर्सियास्थित फर्निचर उद्योगमा कार्यरत ५० वर्षीय सानबहादुर दमाईको मृत्यु भएको छ ।
कनक फर्निचर उद्योगमा बिजुलीको मिटर सफा गर्दै गरेका उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
उपचारका लागि स्थानीय मेडिकलमा पुर्याउनसाथ उनलाई मृत घोषित गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post