झापा : झापाको इलाका प्रहरी कार्यालय नकलबन्दाले टेलिफोनको तार चोरी गर्ने पाँच जनाको समूहलाई पक्राउ गरेको छ ।
गस्तीमा खटिएको प्रहरी प्रहरी टोलीले पाँच वटा बोरामा प्याक गरिएको (अप्टिकल फाईभर टेलिफोन) को तार चोरी गरी नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
भारत दार्जिलिङका २४ वर्षीय कातिक अधिकारी, ३४ वर्षीय राहुल अधिकारी, झापाको बुद्धशान्ति गाउँपालिकाका २५ वर्षीय विजय राजवंशी, कचनकवल गाउँपालिका ३ का ४२ वर्षीय सञ्जय माझी र इलामको माई नगरपालिका ३ का २७ को दिनेश परियारलाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post