Wednesday, August 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुरका गाउँ–गाउँमा चल्छन् ‘विद्युतीय मिल’

रासस by रासस
अशोज ९, २०८२
in समाचार
0
भोजपुरका गाउँ–गाउँमा चल्छन् ‘विद्युतीय मिल’
67
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : विद्युतीकरणपछि यहाँका ग्रामीण क्षेत्रको जनजीवन सहज बन्दै गएको छ ।

विगतमा अँध्यारोमा रात कटाउँदै आएका स्थानीयले हाल उज्यालो मात्रै पाएका छैनन्, गाउँघरमा नै आधुनिक यन्त्र उपकरण चलाएर दैनिकीलाई सहज बनाइरहेका छन् ।

यसरी विद्युत् विस्तार भएको गाउँ हो–भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठे ।

यहाँका स्थानीयको दैनिकीमा अचेल निकै परिवर्तन आएको छ । भौगोलिक रूपमा विकट मानिएको यस क्षेत्रमा विद्युत् सेवा पुगेपछि स्थानीयको दैनिकीमा नै परिवर्तन आएको हो ।

विद्युत् पहुँचले कुटानी, पिसानीसँगै दैनिक कामकाजमा सहज भएको वडासदस्य जानुका सुयल बताउँछिन्। गाउँ–गाउँमा विद्युतीय मिल जडान भएपछि एक दिनसम्म लगाएर कुटानी, पिसानीका लागि अन्य ठाउँमा जानुपर्ने बाध्यता अन्त्य भएको उनले सुनाइन् ।

विद्युत् पहुँचपछि स्थानीय तहले उद्यमशीलता विकासमा सहजीकरण गरिरहेको छ ।

वडाध्यक्ष एकराज आचार्यले कुटानी–पिसानी समस्या समाधान गर्न १६ वटा आधुनिक विद्युतीय मिल वितरण गरिएको जानकारी दिए । स्थानीयको कुटानी–पिसानीको समस्या अन्त्यका लागि वडाले विद्युतीय मिल दिएको उनको भनाइ छ ।

“वडाका सबै स्थानमा विद्युत् पहुँच पुर्‍याउन सफल भएका छौँ । त्यसैले विद्युत्को उपयोगबाट जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्नेमा ध्यान दिएका छौँ । स्थानीयलाई कुटानी–पिसानीमा सहजता थप्न विद्युतीय मिल वितरण गरेका छौँ”, वडाध्यक्ष आचार्यले भने।

मिल वितरणसँगै स्थानीयलाई उद्यमशीलतासँग जोड्न प्रोत्साहन गरिरहेको उनले बताए ।

अब रैथाने बाली कोदो, गहुँ, जौ, फापरको पीठो बनाएर बजारीकरण गर्ने योजना रहेको र त्यसका लागि ‘बैकुण्ठेको उत्पादन काठमाडौँको भान्सामा’ भन्ने नाराका साथ काम भइरहेको वडाध्यक्ष आचार्यले जानकारी दिए ।

उनले भने, “हामीले रैथाने तथा नगदे बाली उत्पादनमा जोड दिएका छौँ । रैथाने बालीको संरक्षणसँगै उत्पादनलाई प्रशोधन पनि गरिरहेका छौँ । यहाँका रैथाने उत्पादनलाई पिसेर, कुटेर सहर पठाउने लक्ष्य छ । विद्युतीकरणले यसमा थप सहज भएको छ ।”

विद्युत् विस्तार भएपछि दैनिक काममा सहजतासँगै स्थानीयवासीलाई सूचनाको पहुँचमा जोडिन पनि सहज भएको वडा सदस्य जयन्द्रकुमार राईले बताए ।

विद्युतीय मिल वितरणले उद्यमशीलतासँगै महिलालाई घरायसी कामकाजमा समेत सहजता भएको उनको भनाइ छ ।

Tags: #भोजपुरविद्युत्
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो
FEATURE BREAKING

सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस

by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडप स्थानीय विवादको परिणाम नभएको स्थलगत अध्ययन प्रतिवेदनले देखाएको छ। विवाद चर्किँदै जाँदा...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु
FEATURE BREAKING

बिरालोले ल्याएको सर्प घरबाट निकाल्न खोज्दा युवतीलाई डस्यो, घरेलु उपचारमै ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८३
0

ताप्लेजुङ : घरभित्र बिरालोले ल्याएको सर्प निकाल्ने क्रममा ताप्लेजुङमा एक युवतीको ज्यान गएको छ। फुङलिङ नगरपालिका–९ सिद्धिडाँडाकी १९ वर्षीया युना...

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

भदौ २, २०८३
रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

भदौ २, २०८३

इलामको काइलाटारमा पुल बनेपछि आवतजावत सहज

भदौ २, २०८३
मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

भदौ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो

सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस

भदौ २, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

बिरालोले ल्याएको सर्प घरबाट निकाल्न खोज्दा युवतीलाई डस्यो, घरेलु उपचारमै ज्यान गयो

भदौ २, २०८३
३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

भदौ २, २०८३
रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

भदौ २, २०८३



लाेकप्रिय

  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    639 shares
    Share 256 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    304 shares
    Share 122 Tweet 76

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.