धरान : डा. अस्मिता विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’ कविता सङ्ग्रह आज (शनिवार) लोकार्पण गरिएको छ ।
धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रमबीच कृतिको लोकार्पण गरिएको हो ।
कार्यक्रममा विष्टले सम्झनाको तोरनमा टाँगिएका बा शीर्षकको कविता वाचन गरेपछि पुस्तकको लोकार्पण भएको घोषणा गरियो ।
पुस्तकभित्रबाट कविहरू सुदीप पाख्रिन, चन्द्र गुरुङ, करुणा राई, सविता फागो लिम्बू, श्रेया खड्काले एक–एक वटा कविता वाचन गरे ।
कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्द्रबहादुर तुम्बाहङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कवि टीका आत्रेय र दीपक न्यौपानेले किताबमाथि टिप्पणी गरे भने अमित थेवेले सहजीकरण गरे ।
इन्डिगो इन्कले प्रकाशन गरेको उक्त सङ्ग्रहभित्र ४६ वटा कविता समावेश छन् ।
पुस्तकमा नारी र पुरुषको जीवन भोगाई, समाजका विद्यमान समस्या, संस्कृतिजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।
पुस्तकको मूल्य ३४९। तोकिएको छ ।













Discussion about this post