इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । पार्टीको अध्यक्षमा उनले आफूलाई नै राखेका छन् ।
पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । उनी आफैं उपस्थित भएर दल दर्ताका लागि निवेदन दिएका थिए ।
‘निर्वाचन आयोगले सूचना आउट गरिहालेछ,’ साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीको नाम श्रम संस्कृति पार्टी हो। चुनाव चिह्न माटो हो।’
उनले भ्रम नछर्न या भ्रमित नबन्नसमेत आग्रह गरेका छन्।














Discussion about this post