Wednesday, August 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको ८० दिनपछि पुनः सञ्चालनमा

रासस by रासस
कार्तिक २, २०८२
in समाचार
0
खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको ८० दिनपछि पुनः सञ्चालनमा
59
SHARES
Share on FacebookShare on Twitter

सङ्खुवासभा : कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको ८० दिनपछि पुनः सञ्चालनमा आएको छ ।

भोटखोला गाउँपालिका–३ का समटार र अल्फाटे क्षेत्रमा गएको पहिरोका कारण गत भदौ १५ गतेदेखि सडक अवरुद्ध भएको थियो ।

लामो समयदेखि निरन्तर गरिएको मर्मत तथा पहिरो पन्छ्याउने कामपछि सडक सञ्चालनमा आएको उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ ।

स्थानीयवासी, निर्माण व्यवसायी र आयोजना कार्यालयको संयुक्त प्रयासमा सडक सञ्चालन गर्न सफल भएको आयोजनाका प्रमुख रामबहादुर गुरुङले बताए ।

‘कठिन भूगोल र लगातारको वर्षाका कारण मर्मत कार्यमा ढिलाइ भएको थियो’, उनले भने, ‘करिब ८० दिनको निरन्तर प्रयासपछि सडक सञ्चालनमा ल्याउन सफल भएका छौँ ।’

सडकमा ढुङ्गा ‘सोलिङ’ र ‘ग्राभेलिङ’ कार्य सम्पन्न भइसकेको भन्दै उनले हाल एकतर्फी सवारी सञ्चालन भइरहेका जानकारी दिए । सडक खुलेसँगै वरुण नदीमा बनेको पक्की पुलमार्फत सवारीसाधन आवागमन सुरु भएका छन् ।

सडक बन्द रहँदा भोटखोला, मकालुलगायत दुर्गम क्षेत्रका बासिन्दा दैनिक उपयोग्य वस्तुको आपूर्ति, औषधि र निर्माण सामग्रीको अभावमा परेका थिए ।

यसअघि दैनिक आवागमनका साथै स्वास्थ्य, शिक्षा र प्रशासनिक सेवामासमेत पहुँच गुमाइएको स्थानीयले बताएका छन् ।

सडक सञ्चालनमा आएपछि खाँदबारीबाट भोटखोला, हटिया र थोगाङ खोलासम्म सवारीसाधन सञ्चालन गर्न सकिने आयोजनाले जनाएको छ ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले लामो अवरोधपछि सडक सञ्चालनमा आउँदा स्थानीयवासीमा खुसी छाएको बताए ।

‘करिब ८० दिनपछि सडक खुलेकामा हामी अत्यन्त खुसी छौंँ’, उनले भने- ‘अब पुनः अवरोध नहोस् भनेर स्थानीयस्तरबाट पनि संरक्षण र मर्मतमा जुट्नेछौँ ।’

कोशी राजमार्ग पूर्वी नेपालको प्रमुख व्यापारिक तथा रणनीतिक मार्ग हो । यसले चीनको सीमा किमाथाङ्कासम्म जोड्ने लक्ष्य राखेको छ ।

सडक सञ्चालनमा आएपछि दुर्गम क्षेत्रको जनजीवन र आर्थिक गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ ।

Tags: #रासस#सडकसङ्खुवासभा
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो
FEATURE BREAKING

सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस

by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडप स्थानीय विवादको परिणाम नभएको स्थलगत अध्ययन प्रतिवेदनले देखाएको छ। विवाद चर्किँदै जाँदा...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु
FEATURE BREAKING

बिरालोले ल्याएको सर्प घरबाट निकाल्न खोज्दा युवतीलाई डस्यो, घरेलु उपचारमै ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८३
0

ताप्लेजुङ : घरभित्र बिरालोले ल्याएको सर्प निकाल्ने क्रममा ताप्लेजुङमा एक युवतीको ज्यान गएको छ। फुङलिङ नगरपालिका–९ सिद्धिडाँडाकी १९ वर्षीया युना...

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

भदौ २, २०८३
रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

भदौ २, २०८३

इलामको काइलाटारमा पुल बनेपछि आवतजावत सहज

भदौ २, २०८३
मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

भदौ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो

सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस

भदौ २, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

बिरालोले ल्याएको सर्प घरबाट निकाल्न खोज्दा युवतीलाई डस्यो, घरेलु उपचारमै ज्यान गयो

भदौ २, २०८३
३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

भदौ २, २०८३
रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

भदौ २, २०८३



लाेकप्रिय

  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    639 shares
    Share 256 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    304 shares
    Share 122 Tweet 76

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.