झापा : झापाको मेचीनगर नगरपालिका–१४ धुवागढीमा घरको छतबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा ४० वर्षीय वीरबहादुर भुजेल रहेका छन् ।
आफ्नै घरको छतबाट लडेर गम्भीर रूपमा घाइते भएका उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा भर्ना गरिएको थियो।
उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post