विराटनगर : विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको बेलबारी नगरपालिका–८ घर भई कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हवल्दार भीम खड्का रहेका छन् ।
गएराति करिब १२ः२५ बजेतिर विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक कञ्चनबारीतर्फ जाँदै गरेको बा. प्र. ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई विराट नर्सिङ होममा उपचारका लागि लगिएपनि मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।













Discussion about this post