Thursday, January 22, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खोटाङ : आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै महिला

रासस by रासस
मंसिर २०, २०८२
in विविध, समाचार
0
खोटाङ : आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै महिला
57
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा बनाउने सीप विकास तालिम सुरु गरिएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको कालिका वडास्तरीय महिला समूहको आयोजना तथा टेवा संस्था नेपालको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

स्थानीय देविस्थान एकता समाज दिक्तेलको सभाहलमा सञ्चालन भइरहेको तालिममा सहभागी महिलाले मुढा उत्पादनका आधारभूतदेखि व्यवहारिक सीप सिकिरहेका छन् ।

तालिमले बेरोजगार रहेका महिलालाई आत्मनिर्भर बनाउनका साथै घरायसी आम्दानी बढाउन सहयोग गर्ने अपेक्षा गरिएको महिला समूहकी अध्यक्ष लोकमाया थापा ‘गीता’ले जानकारी दिइन् ।

तालिममा सहभागी महिलालाई घर तथा कार्यालयमा प्रयोग हुने मुढा विभिन्न प्रकार तथा गुणस्तरीय तरिकाले उत्पादन गर्ने विधि सिकाइने जनाइएको छ ।

फुसर्दिला महिलाका लागि स्थानीयस्तरमै रोजगारी सृजना गर्ने उद्देश्यसहित सुरु गरिएको यो तालिमले महिलाको सीप अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

तालिममा कालिका वडास्तरीय महिला समूहमा आबद्ध ११ जना महिला तथा स्थानीय एक महिला र एक पुरुषगरी १३ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

दश दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण सिटिइभिटिइबाट मान्यताप्राप्त प्रशिक्षक भलकाजी विश्वकर्माले गरिरहेका छन् ।

तालिममा सहभागी महिलाले बाँसको कप्टेरा, नाइनल ९प्लाष्टिक०को डोरी र साइकलको टायर प्रयोग गरेर विभिन्न प्रकारका मुढा निर्माण गरिरहेका छन् । बेरोजगार अवस्थामा दिन बिताउँदै आएका स्थानीय महिलाहरू आफ्नै गाउँमा सञ्चालित व्यावसायिक तालिममा सहभागी हुन पाएपछि उत्साहित भएका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा उक्त सामग्री प्रयोग गरेर निर्माण गरिएको एउटा मुढाको मूल्य रु ५०० देखि रु ७५० सम्म पर्ने गरेको छ ।

वर्ष दिनअघिमात्र स्थापना गरिएको कालिका वडास्तरीय महिला समूहले यसअघि नेतृत्व विकास तालिम तथा मानव सेवाका गतिविधि सञ्चालन गर्दै आएको थियो ।

Tags: #खोटाङ#रासससीप
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ
समाचार

धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
माघ ८, २०८२
0

धरान : जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले धरान उपमहानगरपालिका-२ स्थित चिनियाँ चोकमा चेकजाँचका क्रममा लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ...

विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश
खेलकुद

विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश

by गुरु ढकाल
माघ ८, २०८२
0

विराटनगर : नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा विराट क्रिकेट एकेडेमी...

रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

सुनसरी–२ का रास्वपा उम्मेदवार थापाविरुद्धको उजुरी खारेज

माघ ८, २०८२
निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

झापामा मतदानस्थलको तीन तहमा वर्गीकरण, ९५ वटा मतदानस्थल अति संवेदनशील

माघ ८, २०८२
२४ वर्षपछि कोशीटप्पुमा रातोटाउके बगेडी चराको दोस्रो अभिलेख

२४ वर्षपछि कोशीटप्पुमा रातोटाउके बगेडी चराको दोस्रो अभिलेख

माघ ८, २०८२
विराटनगर क्रिकेट लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा

विराटनगर क्रिकेट लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा

माघ ७, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ

धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ

माघ ८, २०८२
विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश

विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश

माघ ८, २०८२
रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

सुनसरी–२ का रास्वपा उम्मेदवार थापाविरुद्धको उजुरी खारेज

माघ ८, २०८२
निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

झापामा मतदानस्थलको तीन तहमा वर्गीकरण, ९५ वटा मतदानस्थल अति संवेदनशील

माघ ८, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    686 shares
    Share 274 Tweet 172
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    458 shares
    Share 183 Tweet 115
  • साँझको भीडभाडमा ब्राउनसुगर कारोबारको प्रयास, इटहरीबाट एक युवक पक्राउ

    267 shares
    Share 107 Tweet 67
  • रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

    240 shares
    Share 96 Tweet 60
  • रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

    205 shares
    Share 82 Tweet 51

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.