मोरङ : मोरङको रंगेली नगरपालिका ८ स्थितबाट बेवारिसे अवस्थामा रहेको ९ सय २१ किलो ६६ ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका ८ स्थित खेतमा रहेको रूख मुनी परालले छोपी लुकाई छिपाई राखेको अवस्थामा उक्त परिणामको गाँजा बरामद गरिएको हो ।
प्रहरीकाअनुसार २९ वटा बोरामा रहेको गाँजा तौल गर्दा ९ सय २१ किलो ६६ ग्राम रहेको खुलेको हो ।
गाँजा बरामद भएसँगै ओसार पसारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post