Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

नेपालमै दुर्लभ मानिने मन्डारिन हाँसको जोडी तरहरा क्षेत्रमा (तस्बिरहरूसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ३, २०८२
in टाकुरा विशेष, पर्यावरण, फाेटाे फिचर, समाचार
0
नेपालमै दुर्लभ मानिने मन्डारिन हाँसको जोडी तरहरा क्षेत्रमा (तस्बिरहरूसहित)
107
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपालमै दुर्लभ मानिने र विश्वकै सुन्दर जलपंक्षीमध्ये गनिने मन्डारिन हाँसको जोडी इटहरी उपमहानगरपालिका–२० तरहरा क्षेत्रमा देखिएपछि संरक्षणकर्मी र चराप्रेमीको ध्यान तानिएको छ।

रंगीन प्वाँख र विशिष्ट बनावटका कारण विश्वकै सुन्दर हाँसमध्ये गनिने मन्डारिन (जलचर) हाँसको उपस्थितिलाई यस क्षेत्रको जलचर तथा वातावरणीय अवस्था अनुकूल बन्दै गएको संकेतका रूपमा लिइएको छ।

चराचुरुङ्गी विज्ञहरूका अनुसार मन्डारिन हाँस प्रायः शान्त जलाशय, नदी किनार र वन क्षेत्र आसपास बसोबास गर्छन्।

तरहरामा जोडीकै रूपमा देखिनु यहाँ अस्थायी बसाइ वा प्रजननका लागि उपयुक्त वातावरण रहेको सम्भावनातर्फ इङ्गित गर्छ।

वाइल्डलाइफ फोटोग्राफर निशान शर्माले तरहरा क्षेत्रमा मन्डारिन हाँसको जोडी रेकर्ड गरेका हुन्। भाले मन्डारिन रंगीन र आकर्षक हुन्छ।

ढाडमा सुन्तला रंगको पखेटा हुन्छ भने चुच्चो रातो हुन्छ। मिश्रित रंगले आकर्षित देखिने भाले मन्डारिन टाढैबाट पनि सहजै चिनिन्छ।

यस्तै, पोथी मन्डारिन सामान्य र फिक्का रंगको हुन्छ। आँखाको वरिपरी सेतो घेरा, चुच्चो खैरो हुने यो चरा धुम्म–धुम्म देखिन्छ। आकारमा भने भालेपोथी उस्तैउस्तै देखिन्छ।

विश्वको सबैभन्दा सुन्दर जलपंक्षीका रूपमा चिनिने मन्डारिन हाँसको पोथी दृश्य तरहरा क्षेत्रमा पहिलोपटक गत ८ मंसिरमा शर्माले रेकर्ड गरेका थिए ।

पछिल्लोपटक भने हालै तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको पोखरीभित्र भाले पनि देखिएपछि जोडी नै रेकर्ड गरिएको हो।

खासगरी यो चरा नेपालमा नियमित रूपमा नदेखिने सुन्दर प्रवासी प्रजाति हो।

विशेषगरी यो चराले टाउको पानीमा डुबाएर चर्न खोज्छन्। बलियो उडान गर्ने, राम्रो पौडी खेल्ने हुन्छन् भने मन्डारिन हाँसहरू सामान्यतयाः ताल, पोखरी, नदी र अन्य सिमसार क्षेत्रमा पाइन्छ। यी चराहरू प्रायः एक्लै वा सानो समूहमा बस्ने हुन्छन्।

‘प्राकृतिक मुभमेन्ट र उपयुक्त वासस्थान भएको ठाउँमा बस्न रुचाउँछ,’ शर्माले भने, ‘कहिलेकाहीँ आएर आराम गर्ने क्रममा बस्दा यो ठाउँ मन पराएर बसेको हुनसक्छ ।’

खासगरी रसिया, चाइन, कोरिया वा जापानबाट आएको हुनसक्ने उक्त जलपंक्षी प्रायजसोः नारायणी र फेवाताल आसपास देख्न सकिन्छ। पूर्व क्षेत्रमा भने उक्त चरा देखिनु जैविक विविधताका लागि सकारात्मक कदम मानिन्छ।

त्यससँगै यहाँका पंक्षी विशेषज्ञ र प्रकृतिप्रेमीहरूका लागि यस चराले ध्यान आकर्षितसमेत गरेको छ।

मानिसको आवातजावत धेरै भयो वा डिस्टर्ब भयो तत्काल जानसक्ने र यसको आनीबानी बुझ्नुपर्ने शर्माले सुझाए । पूर्वी नेपालमा मन्डारिन हाँसको दृश्य पछिल्लोपटक सन् २०२० मा सुनसरीको बर्जु तालमा एक वयस्क भाले अवलोकन गरिएको थियो।

पाँच वर्षपछि तरहराको यो नयाँ रेकर्डले यस क्षेत्रलाई प्रजातिको सम्भावित प्रवासी मार्ग वा अस्थायी विश्रामस्थलको रूपमा देखाएको छ।

यो चराको रेकर्डले पूर्वी नेपालको जैविक इतिहास, प्रवासी चराहरूको मार्ग, र संरक्षणका लागि महत्वपूर्ण रेकर्ड रहेको बताइएको छ ।

खासगरी जलाशय संरक्षण, अवैध सिकार नियन्त्रण र प्राकृतिक वासस्थान जोगाउन पहल गरेमा दुर्लभ चराको संख्याको संरक्षण गर्न सकिने विज्ञहरू बताउँछन्।

यसैबीच मन्डारिन हाँसको अवलोकनका लागि काठमाडौँसहित विभिन्न क्षेत्रबाट संरक्षणकर्मी यहाँ पुगेका छन्।

पछिल्लो समय मन्डारिन हाँसको जोडी नियाल्न संरक्षणकर्मी र चराप्रेमीको चासो थपिएको छ।

तस्बिरहरू : निशान शर्मा ।

यो पनि – तरहरामा मन्डारिन हाँसको दृश्य रेकर्ड, नेपालमै दुर्लभ

Tags: #फोटोफिचरटाकुरा विशेषनिशान शर्मापर्यावरणफोटो फिचर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

Auto Draft
FEATURE BREAKING

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

by टाकुरा न्यूज । इटहरी
अशोज ९, २०८३
0

इटहरी : प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र सङ्घको महासभामा शुक्रबार सम्बोधन गरेका छन्। उनले अङ्ग्रेजी भाषामा गरेको सम्बोधनको पूर्ण पाठ नेपालीमा...

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए
समाचार

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

by टाकुरा न्यूज । इटहरी
अशोज ८, २०८३
0

धरान : नेपाली कांग्रेस धरान उपमहानगर समितिका निर्विरोध निर्वाचित सभापति नरेन्द्रकुमार राई ‘प्रवीण’ नेतृत्वको ३७ सदस्यीय कार्यसमितिले शपथ ग्रहण गरी...

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३
बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा  ५३ उजुरी

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा ५३ उजुरी

अशोज ८, २०८३
काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

अशोज ८, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

बुधबार कोशीमा एकैदिन २७ सवारी दुर्घटना, एक जनाको मृत्यु

अशोज ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३
बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा  ५३ उजुरी

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा ५३ उजुरी

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.