इटहरी : आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नं. ३ बाट विभिन्न राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन्।
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले पुनः विजयकुमार गच्छदारलाई उम्मेदवारका रूपमा अघि सारेको छ। गच्छदार २०४८ सालदेखि निरन्तर चुनावी प्रतिस्पर्धामा होमिँदै आएका छन्।
यसअघि कांग्रेसले दुहबी नगरपालिकाका मेयरसमेत रहेका वेदनारायण गच्छदारलाई टिकट दिने तयारी गरेको भए पनि अन्तिम समयमा विजयकुमार गच्छदारले उम्मेदवारी दर्ता गराएका हुन्।
नेकपा एमालेले सो क्षेत्रमा भगवती चौधरीलाई उम्मेदवार बनाएको छ। यसअघि उनै चौधरीले गच्छदारलाई पराजित गरेकी थिइन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अशोककुमार चौधरी ले मनोनयन दर्ता गराएका छन्।
यसैगरी नेकपाबाट दुर्गेश चौधरीले पनि उम्मेदवारी दर्ता गराएका छन्।
सुनसरी–३ मा अनुभवी तथा नयाँ अनुहारबीच प्रतिस्पर्धा हुने देखिएको छ भने यस क्षेत्रलाई समेत चुनावी रूपमा चासोका साथ हेरिएको छ ।
यो पनि – सुनसरी–२ मा यी हुन् प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार
यो पनि – सुनसरी-१ मा प्रतिनिधिसभा निर्वाचनका लागि यी हुन् उम्मेदवार














Discussion about this post