Tuesday, September 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न राजनीतिक दल र उम्मेदवारलाई कर्मचारी संगठनको अपिल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १५, २०८२
in समाचार
0
संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न राजनीतिक दल र उम्मेदवारलाई कर्मचारी संगठनको अपिल
75
SHARES
Share on FacebookShare on Twitter

इटहरी : जेन-जी विद्रोहबाट सिर्जित असाधारण राजनीतिक तथा सामाजिक परिस्थितिका बीच आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले संघीय निजामती सेवा ऐन तत्काल निर्माण गर्न राजनीतिक दल र उम्मेदवारहरूसँग सशक्त अपिल गरेको छ।

संघीयता कार्यान्वयनको एक दशक पूरा भइसक्दा पनि संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा प्रशासनिक संघीयता अन्योलमा परेको संगठनको ठहर छ।

संगठनले सुशासन, नागरिकमैत्री सेवा र कर्मचारीमैत्री प्रशासन निर्माणका लागि कर्मचारीतन्त्रको पुनर्संरचना अपरिहार्य भइसकेको उल्लेख गरेको छ।

संगठनको केन्द्रीय कार्यसमितिको छैठौं पूर्ण बैठकको निर्णयअनुसार जारी सार्वजनिक अपिलमा संघीय निजामती सेवा ऐनलाई प्रशासनिक संघीयताको आधारभूत औजारको रूपमा व्याख्या गरिएको छ।

संगठनका महासचिव प्रकाश राईका अनुसार संघीय निजामती सेवा ऐनको अभावका कारण देश अनन्त प्रशासनिक संक्रमणकालमा फसेको छ।

यसले राष्ट्रसेवक कर्मचारीहरूलाई निराश बनाउँदै लगेको र निराश कर्मचारीतन्त्रबाट अपेक्षित सुशासन हासिल गर्न नसकिने यथार्थलाई आत्मसात गर्नुपर्ने उल्लेख गरिएको उनले जानकारी दिए।

अहिले पनि निजामती सेवा ऐन, २०४९ कै व्यवस्थाअन्तर्गत संघीय संरचना सञ्चालन गर्नुपर्दा राजनीतिक संयन्त्र र कर्मचारीतन्त्रबीच तालमेल नहुँदा नागरिक सेवा प्रवाहमा अनेक समस्या देखिएको उनले बताए।

खासगरी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने सबै राजनीतिक दल र उम्मेदवारहरूलाई आफ्नो घोषणापत्र, प्रतिबद्धतापत्र वा वाचापत्रमा संघीय निजामती सेवा ऐन निर्माणलाई उच्च प्राथमिकतामा राख्न संगठनले आग्रह गरेको महासचिव राईले बताए।

बैठकले आसन्न निर्वाचन सफल बनाउन राष्ट्रसेवक कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै उनीहरूको सुरक्षाप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएको संगठनका अध्यक्ष याम बहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार ट्रेड युनियनका पदाधिकारी निर्वाचनमा खटिँदा निष्पक्ष काम गर्न सक्दैनन् भन्ने भ्रमपूर्ण भाष्यप्रति संगठनले आपत्ति जनाएको छ।

सेवा प्रवाहमा देखाउँदै आएको तटस्थता र निष्ठामाथि प्रश्न उठाउनु कर्मचारीहरूको मनोबल घटाउने कार्य भएको संगठनको ठहर रहेको खत्रीले बताए।

संगठनले ऐनमा अनिवार्य रूपमा समेटिनुपर्ने आधारभूत विषयहरू समेत सार्वजनिक गरेको छ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीलाई समेट्ने साझा परिभाषा, सुशासनको मार्गदर्शक ऐनको रूपमा क्षतिपूर्तिमा आधारित नागरिक सेवा प्रवाहको ग्यारेन्टी, कर्मचारी सरुवा, बढुवा, पारिश्रमिक तथा सेवा सुविधा स्वचालित र पूर्वानुमानयोग्य प्रणालीमा आधारित, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको देशभर अन्तर–प्रदेश तथा अन्तर–स्थानीय तह सरुवाको व्यवस्था संघीय निजामती सेवा ऐनमा समेट्न माग राखिएको छ।

यसैगरी करार सेवाका कर्मचारीहरूको दीर्घकालीन र अल्पकालीन समस्या समाधान, आन्तरिक प्रतिस्पर्धाबाट एकपटक स्थायी गर्ने व्यवस्था, सबै प्रकृतिका राष्ट्रसेवक कर्मचारीलाई ट्रेड युनियन अधिकार मौलिक हकका रूपमा सुनिश्चित, कार्यसम्पादनमा आधारित वैज्ञानिक दण्ड–पुरस्कार प्रणालीको स्थापना समेट्न माग राखिएको छ।

दोस्रो राष्ट्रिय अधिवेशन कोशी प्रदेशमा

बैठकले संगठनको दोस्रो राष्ट्रिय अधिवेशन २०८३ असोज २ र ३ गते कोशी प्रदेश कार्यसमितिको व्यवस्थापनमा आयोजना गर्ने निर्णय पनि गरेको छ। अधिवेशनस्थल कोशी प्रदेश कार्यसमितिले तोक्ने जनाइएको छ।

अधिवेशन सम्पन्न नहुँदासम्म विधानअनुसार वर्तमान कार्यसमितिहरूको कार्यकाल थप गरिएको छ।

साथै, अधिवेशन केन्द्रित सदस्यता वितरण तथा नवीकरण असार मसान्तसम्म सम्पन्न गर्ने र जिल्ला, विभागीय तथा प्रदेश अधिवेशनहरू २०८३ भदौ १० गतेभित्र सम्पन्न गर्ने निर्णय भएको छ।

संगठनले आफ्नो एजेन्डा र विचार मिल्ने मित्र ट्रेड युनियनहरूसँग कार्यगत एकता गर्दै अगाडि बढ्ने निर्णय पनि गरेको छ।

सबल, सक्षम र प्रेरित कर्मचारीतन्त्र निर्माणको बहस निर्वाचनकै समयमा प्रारम्भ गर्नुपर्ने आवश्यकता औंल्याउँदै संगठनले सार्वजनिक अपिलमार्फत प्रस्तुत गरेका दृष्टिकोणले नागरिक जीवनका विविध पक्षमा सकारात्मक बहस सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ।

Tags: एकीकृत सरकारी कर्मचारी संगठनकर्मचारी संगठननिजामती ऐन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी
विविध

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

भोजपुर षडानन्द नगरपालिका–११ अवस्थित झ्याउ पोखरी बजार । झ्याउ पोखरी क्षेत्रका जमिन सुन्तला तथा कृषि उत्पादनका लागि राम्रो मानिन्छ ।...

अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 
समाचार

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

उदयपुर : सेवाग्राहीको काम सहज रूपमा गरिदिनुपर्ने जिम्मेवारीमा रहेका डिभिजन वन कार्यालय, उदयपुरका वन अधिकृत भुवन पौडेलमाथि उल्टै काम अल्झाएर...

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ २९, २०८३
‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    900 shares
    Share 360 Tweet 225
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    746 shares
    Share 298 Tweet 187
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    269 shares
    Share 108 Tweet 67

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.