ओखलढुंगा : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित सातसल्ले मतदान केन्द्रमा स्थानीय बासिन्दाले सामूहिक रूपमा मतदान बहिष्कार गरेका छन्।
स्थानीयले मतदानमा भाग नलिएपछि केन्द्रमा मतदाताको उपस्थिति शून्य रह्यो। निर्वाचनका लागि खटिएका चार जना कर्मचारीले मात्रै आफ्नो मताधिकार प्रयोग गरेका छन्।
त्यसपछि मतदान प्रक्रिया सकिएको घोषणा गर्दै मतपेटिका सिलबन्दी गरिएको छ।
प्रदेशस्तरीय अस्पताल निर्माणका लागि दान गरिएको जग्गामा लामो समयसम्म काम सुरु नभएको भन्दै स्थानीयले विरोधस्वरूप चुनाव बहिष्कार गरेका हुन्।
उनीहरूले अस्पताल निर्माण गर्नुपर्ने वा दान गरिएको जग्गा फिर्ता गर्नुपर्ने माग राखेका छन्।












Discussion about this post