Thursday, October 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

आहा ! रेल नेपाल आयो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०७७
in समाचार
0
आहा ! रेल नेपाल आयो
239
SHARES
Share on FacebookShare on Twitter

जनकपुरधामको रेल्वे स्टेशनमा विहानै देखि मानिसहरुको चहल पहल थियो । कति वेला रेल आउछ भन्ने प्रतिक्षामा थिए आम सर्वसाधारण । बिहिवार भारतको जयनगर रेल्वे स्टेशनमा भारतीय रेल आएको खबर सञ्चार माध्यममा आएदेखि स्थानीयले रेलको प्रतिक्षा गर्न थालेका थिए । ‘म त मनिङवाकमै रेल्वे स्टेशन पुगेको थिएँ ।’ जनकपुरधाम ४ का रञ्जन झाले वताए । ५० वर्षिय झा विहानदेखि त्यही बसिरहेका थिए । ‘पहिलो चोटी नागरिकको हैसियतले स्वागत गर्ने मैले संकल्प लिएको थिए ।’ उनले भने ।

रञ्जन झा जस्ता सयौं व्यक्ति विहानदेखि जनकपुरधामको रेल्वे स्टेशनमा प्रतिक्षामा थिए । जनकपुरधाम २ का मोहन साहले पनि रेल आएपछि ताली बजाएर स्वागत गरेको बताए ।

जनक युवा कमिटीका अध्यक्ष मनोज रायले सेल्फी लिए । जनकपुरधामको लागि यो ऐतिहासिक क्षण रहेको उनको भनाई छ । यस्तै स्वागतका लागि जयनगरवाट जनकपुरधामको बीचमा रहेका सबै स्टेशनमा स्थानीयको भीड रहेको थियो । इनरवा, खजुरी, बैदेही, परवाहा हुँदै रेल जनकपुरधाम आइपुगेको छ ।

मंसिरबाट सञ्चालन

जनकपुरधाममा आउदो मंसिरवाट रेल चलाउने तयारी शुरु गरिएको छ । भारतको जयनगरबाट दैनिक जनकपुरधामको कुर्थासम्म रेल चल्ने छ । भारतको मद्रासस्थित इन्टीग्रल कोच फ्याक्ट्रीमा बनेको रेल नेपालको नक्शाको रंगको रहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । भारतको मद्रासस्थित कारखानामा बनेको रेल बिहारको हाजीपुरस्थित रेल्वे स्टेसनमा ६ महिनाअघि नै आइसकेको थियो ।

‘सम्झौता अनुसार मोबिलाइजेसनको २० प्रतिशत रकम नेपाल सरकारले बुझाइसकेको छ,’ मिश्रले भने, ‘बाँकी ८० प्रतिशत रकम रेल जनकपुरधाम आएर परिक्षण भएपछि मात्र भुक्तानी गरिने छ ।’

राम–जानकी विवाह पञ्चमीको तिथिबाट रेल सञ्चालनमा आउने भनेर गतवर्ष नै रेल विभागका पदाधिकारीले आश्वासन दिए पनि रेल जनकपुरधाम नआउँदा स्थानीय निरास थिए । तर अहिले फेरी रेल चल्ने खबर मात्रै नभइ रेल जनकपुरधाम स्टेशनमै आइसकेपछि चारैतिर खुशीयाली भएको छ ।

६ वर्षदेखि रेल सेवा अवरुद्ध भएपछि बेरोजगार बनेका व्यवसायी मात्र होइन, रेल सेवा बन्द भएपछि घुमाउरो बाटोबाट गन्तव्यसम्म जान बाध्य सर्वसाधारणमा पनि यो समाचारले खुसीको सीमा रहेको छैन । सबैको एउटै स्वर छ, ‘आफ्नै मुलुकको झन्डा भएको ब्रोडगेज रेलमा सरर यात्रा गर्ने जनकपुरियाको सदीक्षा पूरा हुने भयो । चल्ने भयो, छुकछुक रेल…’ रेलको एक सेटमा पाँच वटा डिब्बा रहनेछन् । ती डिब्बामा एक पटकमा करिब १३ सय यात्रु अटाउने छन । दिनमा तिनपटकसम्म ओहोर दोहर गर्ने रेल्बेको तैयारी रहेको छ ।

विगत अढाई दशकदेखि जनकपुर रेल्वे स्टेसनमा पुस्तक बिक्री गर्दै आएका राजेन्द्र कुसवाहा हाल बेरोजगार जस्तै छन । रेल्वे सञ्चालनसँगै आफ्नो पुस्तक पसल पुनः सञ्चालनमा आउने भएपछि उनमा खुसीको सीमा छैन । ‘रेल्वे स्टेसनमा पसल थाप्नु भनेको व्यवसायसँगै सम्बन्ध विस्तार पनि हो,’ उनी भन्छन ।

रेल्वे सञ्चालनमा हुँदा जनकपुरधामको स्टेसन एरियामा रहेका झन्डै एक सय चियानास्ता पसल, होटल, पुस्तक तथा फलफूल, किराना पसल आदि विस्थापित भएका थिए । विस्तार क्रममा रेल्वे स्वामित्वको जग्गा खाली गराइएकाले पुराना पसले नजिकका घरमा पुनः पसल राख्ने तयारीमा छन । ‘पाँच वर्षपछि रेलको सिटी सुन्न पाउँदा औधी खुसी लागेको छ । अब रेल गुड्ने पक्का भयो,’ रेलको सिटी सुनेर बाल्यकाल बिताएका जनकपुरधाम–१ का वडाध्यक्ष शत्रुघ्न साहको प्रतिक्रृया थियो ।

पहिलो चरणमा जयनगर–जनकपुर–कुर्था

पहिलो चरणमा जयनगर–जनकपुर–कुर्था (३५ किमि) को रेल सेवा सञ्चालन गर्ने तयारी दुवै देशका प्राविधिकले गरेका छन् । दोस्रो चरणमा कुर्था–भंगहा (१७ किमि) तथा तेस्रो चरणमा भंगहा–बर्दिबास (१७ किमि) गरी कुल ६९ किलोमिटर लामो रेल विस्तार आगामी ३ वर्षभित्र पूरा हुने नेपाल रेल्वे कम्पनीका इन्जिनियर विनोद ओझाले बताए । भारत सरकारको १० अर्ब सहयोगमा उक्त रेलमार्ग निर्माण भएको हो । निर्माण भएको रेलमार्ग ब्रोडगेज हो । बि. स. १९८४ मा स्थापना भएको नेपालको एकमात्र रेलको आर्थिक अवस्था निकै जर्जर भएपछि भारत सरकारले सहयोगमा कार्य अगाडि वढाएको छ ।

राजधानी दैनिकबाट ।

Tags: #रेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा श्रमाधान मेला
FEATURE BREAKING

इटहरीमा श्रमाधान मेला

by टाकुरा न्यूज । इटहरी
अशोज १४, २०८३
0

इटहरी : सरकारले युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’...

इटहरीमा खसीको भन्दै बाख्राको मासु बिक्री गरिएपछि…
FEATURE BREAKING

इटहरीमा खसीको भन्दै बाख्राको मासु बिक्री गरिएपछि…

by टाकुरा न्यूज । इटहरी
अशोज १४, २०८३
0

इटहरी : इटहरीमा खसीको भन्दै बाख्राको मासु बिक्री गर्न लागेको आरोपमा नगर प्रहरीले २१ किलो मासु बरामद गरेको छ ।...

तस्बिरमा भोजपुर बजार

तस्बिरमा भोजपुर बजार

अशोज १४, २०८३
विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

अशोज १३, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

जजक र चोरी मुद्दामा सुनसरी अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ

अशोज १३, २०८३
राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

अशोज १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा श्रमाधान मेला

इटहरीमा श्रमाधान मेला

अशोज १४, २०८३
इटहरीमा खसीको भन्दै बाख्राको मासु बिक्री गरिएपछि…

इटहरीमा खसीको भन्दै बाख्राको मासु बिक्री गरिएपछि…

अशोज १४, २०८३
तस्बिरमा भोजपुर बजार

तस्बिरमा भोजपुर बजार

अशोज १४, २०८३
कांग्रेसमा अनावश्यक बहसको अन्त्य कहिले ?

कांग्रेसमा अनावश्यक बहसको अन्त्य कहिले ?

अशोज १४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.