इटहरी / संखुवासभाको खाँदबारी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामनाधाममा १०८ कुण्डमा बनस्पतिद्धारा कोटी हवन हुने भएको छ ।
पूर्वको नै प्रसिद्ध धार्मिकस्थल मनकामनाधाममा १०८ कुण्डमा बनस्पतिद्धारा कोटी हवन हुने भएको हो । श्रीहरि आध्यात्मिक गुरुकुलको आयोजनामा यही माघ २७ गतेबाट सुरु भएको हवन फागुन ९ गते सम्म कोटी हवन हुने छ ।
बहुधार्मिक, बहुसांस्कृतिक महत्वको मनकामनाधाममा १ सय ८ कुण्डमा बनस्पतिद्धारा कोटी हवन गरि ५ लाख पर्यटक भित्राउने उद्देश्य रहेको आयोजक श्रीहरी आध्यात्मिक गुरुकूल मनकामनाधामका अध्यक्ष लक्ष्मण पोख्रेलले बताए । उनले भने , नेपाल सरकारले नै भ्रमण बर्ष २०२० मनाइ रहेको अवस्थामा विश्वको होचो अरुण उपत्यका (४५७ मिटर) क्षेत्र र प्रसिद्ध धार्मिकस्थल मनकामनाधाममा विभिन्न ठाउँहरुको धार्मिक तीर्थालु भक्तजन र आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउने लक्ष्य राखेका छौं ।
मनकामनाधाममा १ सय ८ कुण्ड निर्माण, शिवलिङ्ग निर्माण, मण्डव बनाउने, होमादीका लागि बनस्पति संकलन गर्ने लगायतका कार्य पूरा भएको पोख्रेलले जानकारी दिए । १०८ कुण्डमा एकैपटक ८ जनाले सजिलो गरी होम गर्न सक्ने गरि डेढ घण्टाको फरकमा ८ सय ६४ व्यक्तिले सहज रुपमा होमादी गर्न सक्ने गरिन निर्माण गरिएको छ ।
Discussion about this post