इटहरी : इटहरी उपमहानगरपालिका–१८ पटेर्वाबाट लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकली, सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले इटहरी–१८ पटेर्वास्थित २३ वर्षीय रोहित चौधरीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार चौधरीले लागूऔषध ब्राउनसुगर बिक्री–वितरण गर्दै गरेको भन्ने सूचनापछि चेकजाँच गर्दा उनले बोकेको ब्यागभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ७.७९ ग्राम बरामद गरिएको छ।
त्यसैगरी उनको साथबाट नगद ४७ हजार ५ सय रुपैयाँ र एक हजार दरको १ थान तथा पाँच सय दरको २ थान गरी जम्मा २ हजार रुपैयाँ बराबरका जाली नोट समेत फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषध, नगद तथा नक्कली नोटसहित चौधरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post