Thursday, September 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

प्रेमको देउता बुढासुब्बा मन्दिर

विवेक विवश रेग्मी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २, २०७६
in विविध, समाचार
0
प्रेमको देउता बुढासुब्बा मन्दिर
1.4k
SHARES
Share on FacebookShare on Twitter

धरान

‘आजै गई बुढासुब्बा, लेखौँ नाम बाँसैमा !
कत्ति बस्नु म, तिमी आउने आशैमा ।’
धराने पप गायक सबिन राईले गाएको यो गीत युवाहरुको मुखमा कण्ठस्थ छ ।
पूर्वी नेपालको सुनसरी धरान उपमहानगरपालिकामा पर्ने चर्चित धार्मिक स्थल बुढासुब्बा मन्दिरमा रहेको प्रेमिल दृष्यलाई गायक राईले ‘गुराँसको फेदमुनि’ बोलको गीतमा उक्त वाक्य गाएका छन् । सो गीतले आम मानिसको ध्यान आकृष्ट गर्छ ।
धरानको बुढासुब्बा मन्दिरमा प्रेमिल जोडीहरु डेटिङ बस्ने प्रचलन पुरानै हो । यहाँ रहेका बाँसमा एक अर्काको नाम लेखेर ‘आइ लभ यु’ लेखेको दृष्य स्पष्ट देख्न सकिन्छ । उक्त स्थानमा टुप्पा नभएका बाँसहरू रहेका छन् । जसलाई बूढासुब्बाले गुलेलीले मट्याङ्ग्रा हानेर टुप्पा भाचिदिएको भन्ने मान्यता रहँदै आएको छ । धरान बिजयपुरको बुढासुब्बा स्थान किराँती धर्मावलम्बीहरूका लागि महत्वपूर्ण मानिन्छ । विशेष गरेर शनिबार भीँड हुने यो ठाउँमा कुखुराका भाले र सुँगुरको बलि दिने गरिन्छ । सम्भवतः२०१५ सालदेखि यहाँ बलि दिने प्रचलन रहेको स्थानीयको भनाई रहेको छ । धरानको भानुचोकबाट करीब २० मिनेटको दूरीमा बुढासुब्बा मन्दिर पुग्न सकिन्छ । भानुचोक धरानको मुख्य केन्द्रबिन्दु हो । यहिँबाट पूर्वी नेपालका पहाडी जिल्ला जाने बस तथा जीपहरु लाग्छन् । बुढासुब्बामा प्रेमको डोरी बाँध्ने प्रचलन रहेको छ भने बाँसमा ढुंगाले खोपेर प्रेमी प्रेमिकाको नाम लेख्ने चलन छ । कतिपयले भाकल पूरा होस् भनी पशुपंक्षी लिएर आउने गरेका छन् । दुःख बिमार पर्दा होस् वा अन्य आपतकालमा बुढासुब्बालाई सम्झिएर भाकल गरेमा मनोकामना सिद्ध हुन्छ भन्ने विश्वास रहेको छ ।


यहाँका बुढापाकाका अनुसार बुढा सुब्बा र उनकी बहिनी सुब्बिनी पहाडमा गुलेली र मट्यांग्राले शिकार खेल्ने गर्दथे । एक दिन भुलवस उनीहरुले कागलाई गुलेली ताक्दा बाँसको टुप्पोलाई मट्यांग्राले लाग्यो । र, त्यस दिनदेखि बाँसको टुप्पो बढेन । त्यसपछि विजयपुरमा कहिल्यै काग आएन । त्यसका कारण बुढासुब्बाले सिकार खेल्न छोडे र आफ्नो गुलेलीलाई माटोमा पुरिदिए । त्यसपछि बुढा सुब्बाले त्यहि ध्यान गरे जहाँ अहिले बुढासुब्बाको मन्दिर रहेको छ भने नजिकै उनकी बहिनी सुब्बिनीको मन्दिर रहेको छ ।
बुढासुब्बामा अहिले मात्र नभएर दशकौँ देखि प्रेमको धागो बाँध्नेहरु प्रसस्त आउँने गरेको स्थानीयको भनाई छ । प्रेमिल जोडीले बुढासुब्बालाई प्रेमको देउता नै मान्ने गरेका छन् । पौराणिक, ऐतिहासिक र आधुनिक सबै कोणमै बुढासुब्बा मन्दिर उत्पत्तिको कथा जोडिएकाले यसमा सबै आस्थाका मान्छेहरु आउने गर्छन् । जुनै जाती, धर्म र भाषाभाषीका मानिसहरु बुढासुब्बा आउँने गरेको जानकारहरु बताउँछन् ।
बुढासुब्बा मन्दिर प्रेमको मन्दिर बन्नुमा केही कारणहरु रहेको स्थानीयको भनाई रहेको छ ।
यो क्षेत्रमा गर्मी मौसममा तल सेउती खोलको शीतल हावा, नजिकै रहेका बाँसबाट सिरसिर हावा चल्ने र एकान्त ठाउँ भएका कारण प्रेमिल जोडीहरु आउँने गरेको स्थानीय बताउाछन् । बुढासुब्बामा ‘रोमान्टिक’ अनुभूति हुने भएकाले यो ठाउँलाई प्रेमिल जोडीहरुले प्रेमको देउता मान्ने गरेका छन् ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

साइबर मुद्दामा  पूर्व विव्यस अध्यक्ष  झा पक्राउ
FEATURE BREAKING

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०८३
0

इटहरी । पकली माध्यमिक विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विनोद झा पक्राउ परेका छन्। इटहरी–१७ का वडाध्यक्ष प्रभातकुमार आचार्यले दिएको...

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी
FEATURE BREAKING

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०८३
0

धरान । गत वर्ष जेनजी आन्दोलनमा आगलागी तथा तोडफोडका कारण पूर्ण रुपमा बन्द भएको धरानस्थित भाटभटेनीले आफ्नो सेवा सुरु गरेको...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३
अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

भदौ २४, २०८३
खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

साइबर मुद्दामा  पूर्व विव्यस अध्यक्ष  झा पक्राउ

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

भदौ २४, २०८३
खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

भदौ २४, २०८३
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३



लाेकप्रिय

  • इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

    इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    294 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    288 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.