Tuesday, July 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

अभिषेक गिरीमाथि ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा अनुसन्धान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २३, २०८३
in FEATURE BREAKING, समाचार
0
अभिषेक गिरी कैदमुक्त
66
SHARES
Share on FacebookShare on Twitter

इटहरी : निर्माण व्यवसायीसँग ठेक्का पारिदिने भन्दै आर्थिक लाभ लिएको, सवारीसाधन कब्जामा लिएको तथा जग्गा राजीनामा पास गराएको आरोपमा विराटनगरका अभिषेक गिरीमाथि ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसूरमा अनुसन्धान सुरु गरिएको छ।

प्रहरीका अनुसार निर्माण व्यवसायी सुभाष श्रेष्ठले दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि गिरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।

जाहेरीअनुसार गिरीले विभिन्न व्यक्तिसँग पहुँच रहेको भन्दै आयोजना सम्बन्धी ठेक्का पारिदिने विश्वास दिलाएका थिए।

उनले आफ्नो आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रा.लि.मार्फत ठेक्काको काम नियमानुसार सम्पन्न गरिदिने आश्वासन दिए पनि काम नगरेको र त्यसका कारण ठेक्का सम्झौता रद्द भई जाहेरवालालाई आर्थिक नोक्सानी पुगेको आरोप छ।

त्यसैगरी, निर्माणमा प्रयोग हुने सवारीसाधन कब्जामा लिई केही कवाडीमा बिक्री गरेको, अन्य सवारीसाधन फिर्ता नदिएको तथा डर–त्रास देखाएर काठमाडौंस्थित घरजग्गा राजिनामा पास गराएको दाबी जाहेरीमा गरिएको छ।

प्रहरीले जाहेरवालाले अन्य व्यक्तिबाट प्राप्त गर्नुपर्ने रकमसमेत आफ्नो नाममा चेक काट्न दबाब दिएको र त्यसबाट प्रतिवादीले आर्थिक लाभ लिएको आरोप अनुसन्धानको विषय बनेको जनाएको छ।

काठमाडौं जिल्ला अदालतले असार २२ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति दिएपछि मोरङ विराटनगर महानगरपालिका–८ मधुमारा निवासी ४८ वर्षीय गिरीलाई पक्राउ गरिएको हो।

प्रहरीले उनीमाथि ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

Tags: अभिषेक गिरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित
FEATURE BREAKING

बीपी प्रतिष्ठानको गेटमै बिचौलिया, निजी अस्पतालमा बिरामी पठाएर कमिसनको खेल

by टाकुरा न्यूज । इटहरी
असार २३, २०८३
0

इटहरी : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई निजी अस्पतालतर्फ पठाएर अवैध कमिसनको चलखेल गर्ने आशंकामा...

उवासंघ इटहरी निर्वाचन : नवराज काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक
FEATURE BREAKING

उवासंघ इटहरी निर्वाचन : नवराज काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक

by टाकुरा न्यूज । इटहरी
असार २३, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेले व्यवसायीमैत्री, पारदर्शी र परिणाममुखी नेतृत्वको...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

भान्सामै पस्यो कोब्रा सर्प, खाना पकाउँदै गरेकी महिलाको मृत्यु

असार २३, २०८३
संखुवासभा र पाँचथरमा बेवारिसे अवस्थाका पाँच थान भरुवा बन्दुक बरामद

संखुवासभा र पाँचथरमा बेवारिसे अवस्थाका पाँच थान भरुवा बन्दुक बरामद

असार २३, २०८३
कोशी प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीय उत्साहित

कोशी : विवादित खेलकुद अध्यादेश अन्ततः प्रदेशसभाबाट पारित

असार २३, २०८३
मोरङमा पारिवारिक विवादले रक्तपात, एउटै घरमा एकको हत्या, अर्का घाइते

मोरङमा पारिवारिक विवादले रक्तपात, एउटै घरमा एकको हत्या, अर्का घाइते

असार २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठानको गेटमै बिचौलिया, निजी अस्पतालमा बिरामी पठाएर कमिसनको खेल

असार २३, २०८३
उवासंघ इटहरी निर्वाचन : नवराज काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक

उवासंघ इटहरी निर्वाचन : नवराज काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक

असार २३, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

भान्सामै पस्यो कोब्रा सर्प, खाना पकाउँदै गरेकी महिलाको मृत्यु

असार २३, २०८३
संखुवासभा र पाँचथरमा बेवारिसे अवस्थाका पाँच थान भरुवा बन्दुक बरामद

संखुवासभा र पाँचथरमा बेवारिसे अवस्थाका पाँच थान भरुवा बन्दुक बरामद

असार २३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    763 shares
    Share 305 Tweet 191
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    403 shares
    Share 161 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    355 shares
    Share 142 Tweet 89
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    350 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.