Thursday, September 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीमा एक वर्षमा नौ हजार भन्दा धेरै मुद्दा दर्ता, सबैभन्दा धेरै सम्बन्ध विच्छेदका

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ७, २०८३
in समाचार
0
सुनसरीमा एक वर्षमा नौ हजार भन्दा धेरै मुद्दा दर्ता, सबैभन्दा धेरै सम्बन्ध विच्छेदका
77
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरी जिल्ला अदालतमा एक वर्षको अवधिमा नौ हजार भन्दा धेरै मुद्दा दर्ता भएका छन् ।

जसमध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ । आर्थिक वर्ष २०८२।०८३ मा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा सबैभन्दा बढी दर्ता भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

एक वर्षको मुद्दा व्यवस्थापनसम्बन्धी विवरण सार्वजनिक गर्दै अदालतले कुल मुद्दामध्ये ६० दशमलव ६९ प्रतिशत फर्छ्योट गरेकोसमेत जनाएको छ ।

खासगरी ९ हजार ५ सय ५२ मुद्दा दर्ता भएकामध्ये सम्बन्ध विच्छेदका मात्रै एक हजार दुई सय ४१ मुद्दा दर्ता भएको छ । जसमा ९ सय ३६ मुद्दा फर्छ्योट भएका छन् भने ३ सय ५ मुद्दा चालु अवस्थामा छन्। यो संख्या अन्य सबै प्रकृतिका मुद्दाभन्दा बढी हो।

त्यसैगरी, अंशसम्बन्धी ९ सय ४२ मुद्दा दर्ता भएकोमा ४ सय ७ मुद्दा फछ्र्योट भएका छन् भने ५ सय ३५ मुद्दा चालु रहेका छन्। मानाचामलसम्बन्धी ८४ मुद्दामध्ये ३१ फर्छ्योट हुँदा ५३ मुद्दा चालु छन्।

जग्गासम्बन्धी ३ सय ५४ मुद्दा दर्ता भएकोमा ६९ मुद्दा फछ्र्योट भएका छन् भने २ सय ८५ मुद्दा विचाराधीन छन्। यस्तै, कर्तव्य ज्यानसम्बन्धी ८५ मुद्दामध्ये ३२ फर्छ्योट भएका छन् भने ५३ मुद्दा बाँकी रहेका मुख्य न्यायाधीश प्रकाश राउतले बताए। यसैगरी जबरजस्ती करणीमा एक सय २१ मुद्दा दर्ता हुँदा ४८ वटा मुद्दा फर्छ्योट भएको छ । उक्त मुद्दामा ७३ वटा भने विचाराधीन रहेको छ ।

बालबालिकासँग सम्बन्धित ३ सय २ मुद्दामध्ये १ सय ९६ मुद्दा फर्छ्योट भएका छन् भने १ सय ६ मुद्दा चालु अवस्थामा छन् ।

अन्य विभिन्न प्रकृतिका ६ हजार ४२३ मुद्दा दर्ता हुँदा ४ हजार ७९ मुद्दा फर्छ्योट भएका छन् । यस्तै दुई हजार दुई सय ७३ मुद्दा विचाराधीन रहेको छ ।

एक वर्षमा ५ हजार ७९८ मुद्दा फर्छ्योट

अदालतले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका ३ हजार ८०३ र नयाँ दर्ता भएका ५ हजार ७४९ गरी कुल ९ हजार ५५२ मुद्दा अनुसन्धान तथा कारबाहीका लागि रहेका थिए। तीमध्ये ५ हजार ७९८ मुद्दा फर्छ्योट गरिएको छ भने ३ हजार ७५४ मुद्दा अझै बाँकी रहेका छन् ।

तथ्यांकअनुसार दुई वर्ष नाघेका बाँकी मुद्दा १८१ वटा रहेका छन् भने पछिल्लो १८ महिनाभित्रका बाँकी मुद्दा २४८ वटा छन् ।

अदालतले बाँकी रहेका मुद्दाको अनुसन्धानलाई तीव्रता दिँदै पुराना मुद्दा फर्छ्योटलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ ।

Tags: #सुनसरीअदालत
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ
FEATURE BREAKING

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

by मनाेज अधिकारी
भदौ २४, २०८३
0

इटहरी : पकली माध्यमिक विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विनोद झा पक्राउ परेका छन्। इटहरी–१७ का वडाध्यक्ष प्रभातकुमार आचार्यले दिएको...

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी
समाचार

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०८३
0

धरान । गत वर्ष जेनजी आन्दोलनमा आगलागी तथा तोडफोडका कारण पूर्ण रुपमा बन्द भएको धरानस्थित भाटभटेनीले आफ्नो सेवा सुरु गरेको...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३
अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

भदौ २४, २०८३
खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

भदौ २४, २०८३
खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

भदौ २४, २०८३
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३



लाेकप्रिय

  • इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

    इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    294 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    288 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.