Saturday, October 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार प्रहरी परिचालन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २४, २०८३
in समाचार
0
कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार प्रहरी परिचालन
51
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपालीहरूको प्रमुख चाड विजयादशमी, दीपावलीलगायतका चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन कोशी प्रदेशमा ८ हजार १३३ जना प्रहरी परिचालन गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले चाडपर्व सुरक्षा कार्ययोजना–२०८३ निर्माण गरी प्रदेशका १४ वटै जिल्लामा सुरक्षा व्यवस्था मिलाएको हो । चाडपर्वका समयमा हुन सक्ने अप्रिय घटना तथा दुर्घटना न्यूनीकरण गर्दै नागरिकलाई हर्षोल्लास, आपसी सद्भाव र भयरहित वातावरणमा चाडपर्व मनाउने अवस्था सिर्जना गर्न प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यात्रुको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै प्रदेशका १४ वटै जिल्लाका बसपार्क, बस स्ट्यान्ड तथा मुख्य र सहायक राजमार्गका विभिन्न ७२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्राका क्रममा आइपर्ने समस्या तत्काल सम्बोधन गर्न, गुनासो सुनुवाइ गर्न तथा ठगीलगायतका घटनाबाट यात्रुलाई जोगाउन सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

सीमानाकाबाट पटाकाजन्य विस्फोटक पदार्थ भित्रिन नदिन मुख्य नाका तथा शङ्कास्पद क्षेत्रमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरी चेकजाँच कडा पारिएको छ । त्यस्तै, बढी भीडभाड हुने स्थान, चोक तथा बजारमा सीसीटीभीमार्फत निगरानी बढाइएको छ भने आवश्यकताअनुसार ड्रोन क्यामेरासमेत प्रयोग गरिने प्रहरीले जनाएको छ ।

चाडपर्व लक्षित सुरक्षा व्यवस्थाअन्तर्गत ४५३ वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) परिचालन गरिएको छ । आकस्मिक घटना, झैझगडा, दुर्घटना तथा आपराधिक गतिविधिमा तत्काल प्रतिक्रिया जनाउन क्यूआरटी परिचालन गरिएको हो । सुरक्षा संवेदनशील तथा जोखिमयुक्त क्षेत्रमा तत्काल परिचालन गर्न १५ वटा स्ट्राइकिङ टोलीसमेत तयारी अवस्थामा राखिएको छ ।

त्यसैगरी, सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्य नियन्त्रण गर्न ट्राफिकसहितका १७९ स्थानमा संयुक्त चेकिङको व्यवस्था मिलाइएको छ । चोरी–तस्करी तथा सीमावर्ती अपराध नियन्त्रणका लागि ८३ स्थानमा चेकजाँच तथा निगरानी गरिनेछ ।

शान्ति सुरक्षा कायम राख्न र चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न ९८ वटा मोबाइल गस्ती परिचालन गरिएको छ । राजमार्गमा यात्रु तथा सवारीसाधनको सुरक्षित आवागमन र सम्भावित आपराधिक गतिविधि नियन्त्रणका लागि २२ वटा स्कर्टिङ टोली परिचालन गर्ने व्यवस्था गरिएको छ । बजार, मेला, जात्रा तथा भीडभाडयुक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न २१५ स्थानमा पैदल गस्तीसमेत गरिनेछ ।

सुरक्षा निगरानी बढाउन मुख्य चोक, बजार तथा सार्वजनिक जमघट हुने स्थानमा ५०३ वटा पिकेट राखिएको छ । धार्मिक तथा पर्यटकीय स्थलमा दर्शनार्थी र पर्यटकको सुरक्षित आवागमन तथा भीड व्यवस्थापनका लागि ५० स्थानमा सुरक्षा व्यवस्था मिलाइएको छ ।

यसैगरी, सार्वजनिक सम्पत्तिको संरक्षण तथा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न महत्त्वपूर्ण प्रतिष्ठान र सरकारी कार्यालयका ३४ स्थानमा सुरक्षा व्यवस्था मिलाइएको छ । बैंक तथा वित्तीय संस्था, सुनचाँदी कारोबार हुने स्थान र अन्य आर्थिक कारोबारका केन्द्रमा चोरी, लुटपाट तथा ठगी नियन्त्रण गर्न ५६ स्थानमा सुरक्षा प्रबन्ध गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले चाडपर्वका समयमा हुन सक्ने चोरी, ठगी, लुटपाट, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधिबाट जोगिन नागरिकलाई पनि सचेत रहन आग्रह गरेको छ ।

Tags: काेशी प्रदेशप्रहरी परिचालन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन
विविध

चियाको गुणस्तर सुधार्न झापामा प्रयोगशाला खोल्ने तयारी

by रासस
अशोज २४, २०८३
0

झापा : चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

मापसे गरेर सिटी सफारी चलाउँदा दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज २४, २०८३
0

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित मदन भण्डारी लोकमार्गमा सिटी सफारीको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । शुक्रबार...

कोशी प्रदेशमा खेल पर्यटन

कोशी प्रदेशमा खेल पर्यटन

अशोज २४, २०८३
सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

अशोज २३, २०८३
सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार

सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार

अशोज २३, २०८३
कांग्रेस महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व खोज्दै दोर्ची शेर्पा

कांग्रेस महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व खोज्दै दोर्ची शेर्पा

अशोज २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

चियाको गुणस्तर सुधार्न झापामा प्रयोगशाला खोल्ने तयारी

अशोज २४, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मापसे गरेर सिटी सफारी चलाउँदा दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

अशोज २४, २०८३
कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार प्रहरी परिचालन

कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार प्रहरी परिचालन

अशोज २४, २०८३
कोशी प्रदेशमा खेल पर्यटन

कोशी प्रदेशमा खेल पर्यटन

अशोज २४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    969 shares
    Share 388 Tweet 242
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    357 shares
    Share 143 Tweet 89

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन