वीपी अध्ययन प्रतिष्ठान इटहरी नगर कार्यसमिति गठन गरिएको छ ।
नेपाली कांग्रेसमा आबद्ध युवाहरुले वीपीको लेखन, अध्ययन र चिन्तनको बारेमा अध्ययन गर्न उक्त प्रतिष्ठान गठन गरिएको हो ।
प्रतिष्ठानको अध्यक्षमा दिवस शर्मा, उपाध्यक्षमा रामु कार्की र बासु बराल रहेका छन् । त्यस्तै, सचिवमा राम निरौला र सुमन घिमिरे रहेका छन् ।
सह–सचिवमा विपना राई रहेकि छिन् भने कोषाध्यक्षमा दीपशिखा कोईरालालाई कार्यसमितिमा गठन गरिएको छ ।
२१ सदस्यीय समिति सहित गठन गरिएको उक्त समितिले सकारात्मक काम गर्ने आशा राखेको इटहरी कांग्रेसका नेता बिजय केसीले बताए ।
उनले वीपी कोईरालाले नेपाली राजनीति र साहित्यका विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याएकाले वीपी चिन्तनप्रति प्रभावित हुनेहरु नै प्रतिष्ठानमा रहेको बताउँदै सकारात्मक काम हुने बताए ।














Discussion about this post