चीनमा कोरोना भाइरसबाट १ हजार ७ सय १६ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । जसमध्ये ६ जनाको ज्यान गइसकेको छ।
कोरोना संक्रमितको उपचारमा दिनरात लागिपरेका स्वास्थ्यकर्मी नै यसबाट बिरामी भएका हुन्।
तीमध्ये ९० प्रतिशत स्वास्थ्यकर्मी हुबेई प्रान्तका रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
हालसम्म कोरोनाबाट ६० हजारभन्दा बढी संक्रमित भएका छन् भने शुक्रबारसम्म मारिनेको संख्या १ हजार ३ सय ८३ पुगेको छ। एजेन्सी
Discussion about this post