सुनसरीमा ९३ जना सहित प्रदेश १ मा आज थप ४७४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
थपिएका मध्ये मोरङमा २६५ जना रहेका छन् भने सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, ते¥हथुम, पाँचथर र ओखलढुङ्गामा १– १ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मनत्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५४ जनामा संक्रमण देखिएको छ ।
संक्रमण पुष्टि भएकामा ५० महिला र १०४ पुरुष छन् । सुन्दरहरैँचामा २८ जना, बेलबारीमा १९ जना, कटहरी र पथरीशनिश्चरेमा १२–१२ जना, बुढीगंगामा १० जना, रतुवामाईमा ७ जना, ग्रामथानमा ६ जना, कानेपोखरीमा ५ जना, लेटाङमा ४ जना, धनपालथानमा २ जना, उर्लाबारी, जहदा, मिक्लाजुङ र रंगेलीमा १–१ जना र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, सुनसरीको इटहरीमा ५७ जना, इनरुवामा ९ जना, रामधुनीमा ७ जना, दुहवीमा ५ जना, धरानमा ४ जना, बर्जु र गढीमा २–२ जना, हरिनगर, बराहक्षेत्र, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ जना र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मनत्रालयले जनाएको छ । झापाको भद्रपुरमा १५, दमकमा १३, विर्तामोडमा १२, मेचीनगरमा ९, गौरादह र अर्जुनधारामा २–२, कमल, झापा गाउँपालिका र बा¥हदशीमा १–१ जना संक्रमित छन् ।
उदयपुरको कटारी र त्रियुगामा १३–१३ जना संक्रमित भेटिएका छन् भने उदयपुरगढी, बेलका र चौदण्डीगढीमा १–१ जना, इलामको इलाममा ४ जना, फाकफोकथुम, माईजोगमाई र सुर्योदयमा १–१ जना संक्रमित थपिएका छन् ।
यस्तै, संखुवासभाको चैनपुर र मकालु २–२ जना, खाँदबारीमा १ जना, भोजपुरको अरुण र भोजपुरमा १–१ जना, धनकुटाको छथरमा १ जना, ते¥हथुमको लाली गुराँसमा १ जना थपिएका छन् । यसैगरि, पाँचथरको फिदिममा १ जना र ओखलढुङ्गाको मानेभन्ज्याङमा १ जना र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या १३ हजार ६५६ पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५७५ पुगेको छ ।














Discussion about this post