सुनसरीमा १८७ सहित प्रदेश नं १ मा आज थप २३७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये १४० जना पुरुष छन् भने ९७ जना महिला छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १८७ जना संक्रमित थपिएका छन् भने झापामा ३१, मोरङका ८, इलाममा ८ जना थपिएका छन् ।
यस्तै, प्रदेश १ बाहिरका ३ जना संक्रमित छन् । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७४ महिला र १०५ पुरुषसहित कुल १७९ जनामा संक्रमण पुष्टि भएको छ ।
इटहरीमा ४ महिला र ४ पुरुष गरि ८ जना संक्रमित थपिएका छन् ।
यसैगरि, झापाको गौरीगञ्जमा ७ जना, विर्तामोडमा ११ जना, भद्रपुरमा १ जना, गौरादहमा २ जना, हल्दिबारीमा १ जना र कन्काईमा ९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, मोरङको उर्लाबारीमा ४ जना, पथरीशनिश्चरेमा १ जना, विराटनगरमा २ जना र बेलबारीमा १ जना थपिएका छन् । इलामको रोङमा ४ जना, इलाम नगरमा ३ जना र मिक्लाजुङमा १ जना थपिएका छन् ।
यो सँगै प्रदेश १ मा हालसम्म संक्रमण पुष्टि भएकाको कुल संख्या १७ हजार २२४ पुगेको छ भने डिस्चार्ज भएका कुल संख्या ८ हजार ४ सय ७० पुगेको छ ।
त्यस्तै, मृत्यु हुनेको कुल संख्या १५५ रहेको छ ।













Discussion about this post