सुनसरीमा ३० जना सहित प्रदेश १ मा आज थप ४३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । ती मध्ये महिला १८ र पुरुष २५ जना छन् ।
संक्रमण पुष्टि भएकाहरुमा सुनसरीमा ३० जना छन् भने मोरङमा ६ जना र झापामा ७ जना रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीका संक्रमितहरुमध्ये धरानका २७ जना छन् भने इटहरीका ३ जना रहेका छन् ।
यस्तै, मोरङको सुन्दरहरैँचामा ३ जना, उर्लाबारीमा १ जना, विराटनगरमा १ जना र कटहरी गाउँपालिकामा १ जना रहेका छन् । यसैगरि, झापाको दमकमा २ जना, विर्तामोडमा ४ जना र भद्रपुरमा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।













Discussion about this post