प्रदेश १ मा आज थप १३४ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै सुनसरीमा रहेका छन् ।
सुनसरीमा ५७, मोरङमा ४२, झापामा ३१, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१ जना, मोरङको विराटनगरमा ३२, बुढीगंगामा २, कानेपोखरी, सुन्दरहरैचा र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
झापाको भद्रपुर र बिर्तामोडमा ८–८, मेचीनगर र कनकाईमा ३–३, शिवसताक्षीमा २, बुद्धशान्ति, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ , तेह्रथुमका १ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ३८४ पुगेको छ भने हालसम्म १० हजार १७९ जना डिस्चार्ज भएका छन् ।













Discussion about this post