नेपालमा पछिल्लो २४ घण्टामा ३५१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आजको सङ्क्रमण थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ६८ हजार २३५ पुगेको छ ।
हालसम्म ३८ ह्जार ३५७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ४०९६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख २८ हजार ९५८ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।
















Discussion about this post