सुनसरीमा ९२ सहित प्रदेश १ मा थप २५९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
थपिएका मध्ये सबैभन्दा बढी सुनसरीमा ९२ जना छन् भने मोरङमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा ११, दुहवी र इनरुवामा २–२, देवानगञ्ज, भोक्राहा, बराहक्षेत्र र रामधुनी १–१ जना रहेका छन् ।
यसैगरि, मोरङको विराटनगरमा ३७, सुनबर्षीमा ७, कटहरी र रंगेलीमा ६–६, सुन्दरहरैँचामा ५, कानेपोखरीमा ४, लेटाङमा ३, रतुवामाईमा २, उर्लाबारी, केराबारी, धनपालथान, जहदा, बुढीगंगा, पथरीशनिश्चरे र ग्रामथानमा १–१, र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै, झापाको विर्तामोडमा १४, दमकमा १२, कनकाईमा ११, अर्जुनधारामा ५, शिवसताक्षीमा ४, मेचीनगर र कमलगाउँपालिकामा ३–३, बुद्धशान्तिमा २, भद्रपुर र गौरीगञ्ज, बा¥हदशी र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको छथर र म्याङलुङमा १–१, संखुवासभाको सभापोखरी र स्थानीय तह नखुलेका १–१, इलामको सुर्योदय र स्थानीय तह नखुलेका १–१ र ओखलढुङ्गाको मानेभन्ज्याङ र स्थानीय तह नखुलेका १–१ जना रहेका छन् । धनकुटाको पाख्रीबासमा १, भोजपुरको साल्पासिलिछोमा १, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार ७९१ पुगेको छ । प्रदेश १ मा आजै ४४९ जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म ११ हजार ५४७ जना डिस्चार्ज भएका छन् ।













Discussion about this post