तरहरा : धरानबाट इटहरीतर्फ आउँदै गरेका एक पैदलयात्रीको दुर्घटनाका कारण मृत्यु भएको छ ।
धरान ८ चारकोशे झाडीमा दुर्घटनामा तत्काल नामथर नखुलेका अन्दाजी २८।२९ बर्षीय पुरुषको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार कुन सवारीसाधनले ठक्कर दिएको भन्ने खुलेको छैन । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि धरानस्थित वीपी प्रतिष्ठानमा पठाईएकोमा मृत्यु भएको हो ।
ठक्कर दिने सवारीसाधनको खोजी कार्य अगाडि बढाईएको प्रहरीले जनाएको छ ।
















Discussion about this post