धरान : रेडियोलोजी विभाग तथा सेन्ट्रल ल्याबका कर्मचारीहरुले आन्दोलन सुरू गरेको दुई घण्टा भित्र नै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूले वार्ता गरी मौखिक रूपमा मागको सम्बोधन गरेको छ ।
प्रतिष्ठानमा कार्यरत रेडियोग्राफरको कोरोना संक्रमणबाट हिजो मृत्यु भएपछि रेडियोलोजी विभागका कर्मचारी तथा विद्यार्थीहरु सुरक्षाको माग गर्दै आज विहान आन्दोलित भएका थिए ।
रेडियोलोजी विभागको सम्पूर्ण सेवाहरु ठप्प पार्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलित समूहसंग प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरिशंकर शाह र रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीले चरणवद्ध छलफल गरेका थिए ।
आन्दोलित समूहको मागहरूको बारेमा तुरून्त सम्बोधन हुने प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीले बताए ।
‘उनिहरूलाई नियमित रूपमा नै स्वास्थ सामाग्री प्रदान गरिएको र वितरणमा केही कमजोरी भएमा त्यसको निराकरण गर्ने भनेका छौ,’ रेग्मीले भने, ‘सरकारको निर्णय अनुसार स्वास्थ संस्थामा कार्यरत मृतकको क्षततीपूर्तिका लागि पहल गर्नेछौँ । हालसम्म वीपीमा कार्यरत रेडियोग्राफर र जुनियर फोरम्यान दुवैको लागी क्षतिपूर्तिको माग गरिने भएको छ ।’
प्रतिष्ठानका स्वास्थकर्मी र कर्मचारीहरूको लागी भनेर आइसियु बेड समेत छुट्याइएको रजिष्ट्रार उनले बताए ।
प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर शाहले कर्मचारीको मृत्यु हुनु दुःखद घटना भएको बताउँदै कोरोनाको लडाईँमा सबै क्षेत्रमा अफ्ठ्यारो स्थिति रहेको बताए । उनले माग जायज रहेको बताउँदै पूरा गर्ने प्रतिबद्धता जनाएको बताए ।












Discussion about this post