सुनसरीको इटहरीमा ६३ जनासहित प्रदेश नं. १ मा आज थप ४९८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । ती मध्ये ३ सय जना पुरुष छन् भने १९८ जना महिला छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २०२, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६–१६, इलाममा ८, धनकुटामा ३, पाँचथर, सोलुखुम्वु, संखुवासभा र ते¥हथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङ जिल्लामा संक्रमित मध्ये विराटनगरमा ११७ जनामा संक्रमण देखिएको छ भने सुन्दरहरैँचामा १३, बुढीगंगामा १३, बेलबारीमा १२, पथरीशनिश्चरेमा ११, जहदामा १, कटहरीमा ४, रंगेलीमा ६, ग्रामथानमा ३, लेटांगमा १, कानेपोखरीमा ३, केराबारीमा १, रतुवामाईमा ३, मिक्लाजुंगमा २, उर्लाबारीमा ४, सुनबर्षीमा ३ र ठेगाना नखुलेको ५ जना रहेको छ ।
यस्तै, सुनसरीमा संक्रमितमध्ये इटहरीमा ६३ जना, धरानमा ४२ जना, १० जना, बराहक्षेत्रमा ३ जना, देवानगञ्जमा २ जना, दुहबीमा ७ जना, गढीमा २ जना, रामधुनीमा २ जना, भोक्राहामा १ जना, कोशी गाउँपालिकामा १ जना र ठेगाना खुलेका ३ जना रहेका छन् ।
यसैगरि, झापामा ९२ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये दमकमा २८, विर्तामोडमा २०, गौरादहमा ३, मेचीनगरमा ४, कमल गाउँपालिकामा ८, भद्रपुरमा ८, शिवसताक्षीमा २, बाह्रदशीमा १, बुद्धशान्तिमा २, अर्जुनधारामा १, कनकाईमा ७ र ठेगाना नखुलेको ८ जना संक्रमित थपिएका छन् ।
इलाम जिल्लामा ८ जना, तेह्रथुममा २ जना, उदयपुरमा १६ जना संक्रमित पुष्टि भएको छ भने संखुवासभामा २ जना, पाँचथरमा २ जना, धनकुटामा ३ जना, खोटांगमा १६ जना, भोजपुरमा १ जना, सोलुखुम्बुमा २ जना र अन्य प्रदेशका जिल्लाबाट आएका १४ जनाको पनि संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ६१५ पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ५६७ पुगेको छ ।













Discussion about this post