सुनसरीमा ९८ जना सहित प्रदेश १ मा आज थप ३६८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
मोरङमा १४८, सुनसरीमा ९८, झापामा ५७, पाँचथरमा २०, उदयपुरमा १०, संखुवासभामा ७, ताप्लेजुङ र इलाममा ४–४, भोजपुरमा ३, सोलुखुम्वु, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेका छन् ।
विराटनगरमा ८०, सुन्दरहरैँचामा १२, बुढीगंगामा ९, बेलबारी र रतुवामाईमा ८–८, रंगेली र ग्रामथानमा ५–५, उर्लाबारीमा ४, पथरीशनिश्चरे र लेटाङमा ३–३, कानेपोखरी र कटहरीमा २–२, केराबारी, मिक्लाजुङ, धनपालथान, जहदा र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।
सुनसरीको इटहरीमा ४३, धरानमा २८, रामधुनीमा १०, इनरुवामा ७, दुहवीमा ५, बराहक्षेत्रमा ३, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१ जना संक्रमित छन् ।
झापाको दमकमा २४, भद्रपुरमा १०, विर्तामोड र मेचीनगरमा ५–५, कमल गाउँपालिकामा ४, अर्जुनधारामा २, कनकाई, गौरादह, शिवसताक्षी, हल्दिबारी र बुद्धशान्तिमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पाँचथरको फिदिममा २० जना छन् भने उदयपुरको त्रियुगामा ४, चौदण्डीगढी, उदयपुरगढी र स्थानीय तह नखुलेका २–२ जना संक्रमित छन् । संखुवासभाको खाँदबारीमा ७, ताप्लेजुङको फुङलिङमा ४, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १–१ जना छन् भने भोजपुरको षडानन्द, पौवादुङ्मा र स्थानीय तह नखुलेका १–१, सोलुखुम्बुमा १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १, धनकुटाको पाख्रीबास र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ ।













Discussion about this post