धरान ६ पानवारी सामुदायिक वन क्षेत्रमा एक पुरुषको कुहिएको अवस्थामा शव भेटिएको छ । मृतक व्यक्तिको अझै पनि सनाखत हुन सकेको छैन ।
ईलाका प्रहरी कार्यालय धरानका अनुसार मृतकको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मर्चरीमा राखिएको छ ।
शव झण्डै २ सातादेखि नै जंगलमा भएको हुनाले कुहिएको र चिन्न नसक्ने अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
उनका अनुसार ५० बर्षको हाराहारीका पुरुषको शव भेटिएको हो । शवको नजिकै मेटासिटको बोतल पनि भेटिएकोले बिष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको बस्नेतले जानकारी दिए ।
‘शवको नजिकै मेटासिटको बोतल छ । प्लाष्टिक पनि भएकोले बोतल बेरेर ल्याएको हुनसक्छ,’ बस्नेतले भने, ‘शव कुहिसकेकोले कपडाबाहेक अन्य हुलिया भएन । अहिलेसम्म मान्छे हराएको भन्ने कतैबाट आएको छैन ।’



















Discussion about this post