प्रदेश १ मा आज थप ५६ जना कोरोना संक्रमितहरु थपिएका छन् ।
ती मध्ये ३६ जना पुरुष र २० जना महिला रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३१ जना संक्रमण पुष्टि भएको छ भने झापामा १७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुनसरीमा ४ जना, इलाममा १ जना र प्रदेश बाहिरका ३ जना रहेका छन् ।
मन्त्रालयका अनुसार विराटनगरमा १९ जना, उर्लाबारीमा ८ जना र मिक्लाजुंगमा ४ जना संक्रमित थपिएका छन् । झापाको दमक नगरपालिकामा १० जना, गौरादह नगरपालिकामा ५ जना, गौरीगञ्ज नगरपालिकामा १ जना र मेचीनगरमा १ जना संक्रमित थपिएको छ । सुनसरीको बराहक्षेत्रमा २, देवानगञ्जमा १ र इनरुवा नगरमा १ जना संक्रमित थपिएका छन् ।
इलाममा १ र प्रदेश बाहिरको जिल्लाबाट ३ जना संक्रमित थपिएका छन् ।
त्यस्तै, आन प्रदेश १ मा आज ७४० जना डिस्चार्ज भएका छन् ।
होम आईसोलेसनबाट ७३४ र विराटमेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८६८ पुगेको छ ।













Discussion about this post