धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूटिन ओ.टि. (शल्यक्रियां) सेवा आइतबारबाट सूचारू हुने भएको छ ।
यसअघि १ महिना यता आकस्मिक तथा अर्ध आकस्मिक प्रकृतिका शल्यक्रियाहरू मात्र संचालन हुँदै आएको थियो ।
गत कार्तिक २७ गते बसेको ओटी युर्जस कमिटीको बैठकले आइतबारबाट रूटिन शल्यक्रिया समेत सूचारू गर्ने निर्णय गरेको सहायक अस्पताल निर्देशक डा. प्रमोद बरालले जानकारी दिए ।
‘नर्सिङ जनशक्तिमा धेरै कोभिडको संक्रमण पाइएपछि जनशक्तिको अभाव भएकाले १ महिना यता रूटिन ओ. टि. सेवा बन्द रहेको थियो,’ उनले भने, ‘नर्सिङ जनशक्तिलाई अन्य आकस्मिक सेवा कोभिड र डाइलासिसमा अत्यावश्यक परेकोले ओ. टि. सेवा बन्द रहेको थियो । नयाँ नर्सिङ जनशक्ति नियुक्ति भएसंगै पूर्ण क्षमतामा सेवा संचालन गरिने भएको हो ।’
हाल वीपीमा आकस्मिक तथा अर्ध आकस्मिक ओ. टि. बाहेक ७ वटा रूटिन ओ. टि. रहेको छ ।
यो सँगै प्रतिष्ठानमा नेपाल सरकारद्वारा तोकिएको स्वास्थ्य मापदण्ड अनुसार ओपिडि सेवा लगायत अन्य सबै सेवाहरू पहिले जस्तै पूर्ण क्षमतामा संचालन भइरहेको उनले बताए ।













Discussion about this post