धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका सहप्रक्ता डा. आशिष श्रेष्ठले आज राजीनामा दिएका छन् । उनको राजीनामा पत्र वीपी प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले स्वीकृत गरेका छन् ।
व्यक्तिगत व्यस्तताको कारण राजीनामा दिएको बताउँदै सहप्रवक्ताको रूपमा कार्यरत रहँदा सबैबाट पूर्ण सहयोग मिलेको उनले बताए ।
‘म सहप्रवक्ता नियुक्त भएर काम गरेको करीब ६ महिना भयो । यस दौरानमा प्रतिष्ठानका पदाधिकारी लगायत सबैबाट पूर्ण सहयोग मिलेको छ,’ उनले भने, ‘यो कार्यभार सम्हालि रहँदा मेरो व्यक्तित्व विकासमा समेत टेवा पुगेको छ । चिकित्सक पेशा भन्दा विल्कुलै फरक जिम्मेवारी सम्हाल्दा धेरै सिक्ने मौका मिलेको छ ।’
डा. श्रेष्ठले प्रतिष्ठानमा २०११ देखि ओरल प्याथोलोजी विभागको प्रमुखको रूपमा कार्यभार सम्हाल्दै आएका थिए ।
रिक्त रहेको सहप्रवक्ताको पदमा एनेटोमी विभागका सह प्राध्यापक डा. चुडामणी पोखरेललाई नियुक्त गरिने प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए ।












Discussion about this post