प्रदेश १ मा आज थप २०७ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ७१, सुनसरीमा ५७, संखुवासभामा ३४, झापामा २८, ते¥हथुम र उदयपुरमा ३–३, इलाम र धनकुटामा २–२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा ५०, रतुवामाई र रंगेलीमा ५–५, ग्रामथान, कटहरी, सुन्दरहरैँचा, केराबारी, बेलबारी र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको धरानमा ३८, इटहरीमा १४, इनरुवामा ३, बराहक्षेत्र र कोशी गाउँपालिकामा १–१, संखुवासभाको खाँदबारीमा ३२, मकालु र सिलिचोङमा १–१, झापाको दमक र विर्तामोडमा ५–५, गौरादह, भद्रपुर, अर्जुनधारा र मेचीनगरमा ३–३, कनकाईमा २, बुद्धशान्ति, हल्दिबारी र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता ते¥हथुमको म्याङलुङमा ३, उदयपुरको चौदण्डीगढीमा २ र उदयपुरगढीमा १, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार ९४१ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ४४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २२६ पुगेको छ ।













Discussion about this post