प्रदेश नं १ मा आज २१४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । थपिएका मध्ये १३६ जना पुरुष छन् भने ७८ जना महिला रहेका छन् ।
मोरङमा ७३, सुनसरीमा ५३, झापामा ५०, संखुवासभा र इलाममा ६–६, खोटाङमा ३ , उदयपुरमा २, धनकुटा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ३४, सुन्दरहरैँचामा १३, रंगेलीमा ६, पथरीशनिश्श्चरेमा ५, सुनबर्षी र मिक्लाजुङमा ३–३, बुढीगंगा र उर्लाबारीमा २–२, लेटाङ, रतुवामाई, कानेपोखरी, बेलबारी र धनपालथानमा १–१ जनामा पोजेटिभ देखिएको छ ।
त्यस्तै, सुनसरीको इटहरीमा ३६, धरानमा ६, बराहक्षेत्रमा ४, भोक्राहानरसिंह, इनरुवा, रामधुनी, देवानगञ्ज र दुहवीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता झापाको दमकमा १२, भद्रपुरमा ८, कमल गाउँपालिकामा ७, शिवसताक्षी र अर्जुनधारामा ५–५, विर्तामोड र मेचीनगरमा ४–४, गौरादह र कनकाईमा २–२, गौरीगञ्जमा १, संखुवासभाको खाँदबारीमा ५ र सभापोखरीमा १, इलामको इलाम नगरपालिकामा ६, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी, खोटेहाङ र साकेलमा १–१, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार २९० पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३११ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २९४, जिल्ला अस्पताल धनकुटाबाट ९ र विराट मेडिकल कलेजबाट ८ जना डिस्चार्ज भएका हुन । यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ८९९ पुगेको छ ।













Discussion about this post