प्रदेश १ मा थप २२८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
झापामा ९२, सुनसरीमा ५१, मोरङमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा ४, इलाम, उदयपुर र धनकुटामा ३–३, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
दमकमा ४९, मेचीनगरमा ९, कनकाईमा ८, भद्रपुरमा ६, विर्तामोडमा ५, अर्जुनधारामा ४, कमल गाउँपालिका, कचनकवल, शिवसताक्षी र झापा गाउँपालिकामा २–२, हल्बिारी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१ छन् ।
यस्तै, सुनसरीको इटहरी र धरानमा २०–२०, बराहक्षेत्रमा ४, बर्जुमा ३, इनरुवामा २, रामधुनी र भोक्राहानरसिंहमा १–१ जना छन् भने मोरङको विराटनगरमा २४, बेलबारी, रंगेली र सुन्दरहरैचामा २–२, पथरीशनिश्चरे, बुढीगंगा, लेटाङ, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता संखुवासभाको चैनपुरमा १, मकालुमा १०, ताप्लेजुङको फुङलिङमा ९, पाथीभरा याङवरकमा १, खोटाङको खोटेहाङमा ४, इलामको इलाम नगरपालिकामा २, स्थानीय तह नखुलेका १, उदयपुरको त्रियुगामा २, चौदण्डीगढीमा १, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र चौविसेमा १–१, ते¥हथुमको लालीगुराँसमा १, भोजपुरको आमचोकमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ५१८ पुगेको छ ।
त्यस्तै, प्रदेश १ मा आज ९१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८७, मेची अस्पतालबाट ३ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ९९० पुगेको छ ।













Discussion about this post