प्रदेश १ मा आज थप १७७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
मोरङमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९, संखुवासभामा ८, सोलुखुम्वु र उदयपुरमा ३–३, पाँचथर र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ५३, सुन्दरहरैँचामा ४, बेलबारीमा ३, कटहरी र पथरीशनिश्चरेमा २–२, ग्रामथान, रतुवामाई,बुढीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको झापा गाउँपालिकामा १४, दमकमा ९, अर्जुनधारामा ६, विर्तामोडमा भद्रपुर र हल्दिबारीमा २–२, गौरीगञ्ज, कनकाई र गौरादहमा १–१, इलामको इलाम नगरपालिकामा २०, देउमाईमा १, सुनसरीको इटहरीमा १०, इनरुवामा ३, बराहक्षेत्र र देवानगञ्जमा २–२, हरिनगर र दुहवीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आउको छ ।
संखुवासभाको खाँदबारीमा ४, चैनपुर, चिचिला, मकालु र पाँचखपनमा १–१,सोलुखुम्वुको थुलुङ दुधकोशीमा ३, उदयपुरको त्रियुगामा २, चौदण्डीगढीमा १, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङमा २ र र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ४२१ जना संक्रमणमुक्त भएका हुन् ।













Discussion about this post