झापाको मेचीनगर नगरपालिका ४ का ५० बर्षीय पूर्णबहादुर प्रधानको हत्या गरेको आरोपमा स्थानीय २५ बर्षीय दिवश लुङगेली मगर, ५५ बर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ बर्षीय बिशाल तामाङ पक्राउ परेका छन् ।
सामान्य बादबिबादको बिषयलाई लिएर तीन जनाको समूहले प्रधानलाई निर्घात कुटपिट गर्दा घाईते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनार्एको छ ।
ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका तिनै जनालाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post