प्रदेश १ मा आज थप ८० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
थपिएका संक्रमित मध्ये मोरङमा २६, झापामा २२, सुनसरीमा १०, इलाममा ७, संखुवासभा र ताप्लेजुङमा ३–३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा १५, सुन्दरहरैँचा, बेलबारी र पथरीशनिश्चरेमा २–२, रंगेली, केराबारी, बुढीगंगा, रतुवामाई र स्थानीय तह नखुलेका १–१ , झापाको विर्तामोडमा ४, मेचीनगर र दमकमा ३–३, बा¥हदशी, अर्जुनधारा र गौरादहमा २–२, भद्रपुर, बुद्धशान्ति, कनकाई र कचनकवलमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको इनरुवा र धरानमा ३–३, इटहरीमा २, हरिनगर र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
इलामको माईमा ५, इलाम नगरपालिकामा २, संखुवासभाको सभापोखरी, धर्मदेवी र मादीमा १–१, ताप्लेजुङको फुङलिङमा २, याङवरकमा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार २५० पुगेको छ ।
त्यस्तै, प्रदेश १ मा थप ९६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २४६ पुगेको छ ।













Discussion about this post