मोरङको सुनवर्सी नगरपालिका २ अमरदहमा रहेको पारस किराना पसलमा आगलागी हुँदा अन्दाजी १ करोड ५० लाख बराबरको क्षति भएको छ ।
गएराती २ बजेको समयमा पारस शाहले संचालन गरेको किराना पसल, पसल रहेको घर र पछाडि रहेको अर्को घर समेतमा अचानक आगलागी हुँदा क्षति भएको हो ।
प्रहरीका अनुसार घरभित्र रहेको नगद २० लाख, सुन चाँदी, लत्ता कपडा, किराना पसलको समान समेत जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो ।
आगलागी विराटनगर महानगरपालिका, रङ्गेली, सुन्दरहरैँचा, पथरी, बेलबारी, दमक नगरपालिका तथा कानेपोखरी गाउँपालिकाको दमकल, नेपाल प्रहरी, शशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ९ बजे नियन्त्रणमा आएको तथा आगलागीबाट मानवीय र चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।














Discussion about this post