उदयपुरको त्रियुगा नगरपालिका–१४ धाप्लाङमा रहेको क्रसर उद्योगमा दुई वटा बम विस्फोट भएका छन् । ६ जनाको संख्यामा आएका अज्ञात समूहले गएराति सवा १० बजे कञ्चनजंघा गोल्डेन गुड जेवीको क्रसर उद्योगमा बम विस्फोट गराएका हुन्।
विस्फोटबाट उद्योगको मेनकन्वियर वेल्ट, मोटर, जेसिबी र तेलसहितको ड्रममा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए।
मुकुन्डो लगाएर उद्योगभित्र पसेको समूहले विस्फोट गर्नुपूर्व सुरक्षागार्ड कर्णबहादुर तामाङलाई पेस्तोल देखाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकार गर्न खोज्दा तामाङमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।
विस्फोटबाट उद्योगको करिब १० लाख बराबरको क्षति भएको र विस्फोटनसँगै खुकुरीले मेसिन घुमाउने फित्ता काटेको, तेलको ड्रममा आगो लगाउने प्रयास गर्दा स्थानीय आएपछि भागेको सुरक्षागार्ड कर्णबहादुरले बताए।














Discussion about this post