गैरकानूनी मानिएको मिटर ब्याज धन्दा चलाएको आरोपमा मोरङको विराटनगर – ९ घोगापुल चौकका ४५ वर्षीय मन्टु भनिने सन्जय रौनियारलाई प्रहरीले पक्राउ गरेपछि मोरङ प्रहरीमा उजुरी दिने पीडितहरूको लर्को लागेको छ ।
चर्को ब्याज लिने अवैध मिटरब्याजको धन्दा चलाएर सर्वसाधरणलाई ‘टाट’ पल्टाएको जाहेरी परेपछि रौनियारलाई सोमबार साँझ मोरङ प्रहरीले पक्राउ गरेको थियो ।
रौनियारलाई प्रहरीले पक्राउ गरेपछि चर्को ब्याज लिएर उठिबास हुन लागेका पीडित अहिले मोरङ प्रहरीमा जान थालेका हुन् ।
रौनियारले ग्रामीण क्षेत्रका आर्थिक कारोबारसम्बन्धि ज्ञान नभएका मानिसहरूलाई मिटर ब्याजमा लगानी गर्ने गरेको खुलेको छ ।
रौनियारलाई पक्राउ गरेपछि ठगीका उजुरी दिन आउनेहरुको भीड लाग्न गालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनले पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईहरेको बताए ।















Discussion about this post