इटहरी : कोभिड १९ को नाममा इटहरी उपमहानगरपालिकाले करोडौं रुपैयाँ भ्रष्टाचार गरेको कांग्रेस नेता विकास केसीले आरोप लगाएका छन् ।
नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति सुनसरीले बुधबार इटहरीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता केसीले सो आरोप लगाएका हुन् ।
“इटहरीमा देशकै सबैभन्दा ठूलो भ्रष्टाचार भएको छ,” नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति सुनसरीका संयोजक समेत रहेका केसीले कार्यक्रममा बोल्दै भने, “जनता क्याम्पसमा निर्माण गरिएको क्वारेन्टिनमा इटहरी उपमहानगरपालिकाले दुई करोड रुपैयाँ भ्रष्टाचार गरेको छ ।”
विभिन्न शीर्षक देखाउँदै उपमहानगरपालिकाका सम्बन्धित निकायले भ्रष्टाचार गर्ने गरेको तथ्य आँफूहरुसँग रहेको उनले बताए ।
“हामी अब केही दिनमा यसको हिसाब माग्छौँ, हिसाब नदिएको अवस्थामा आन्दोलनमा उत्रने छौँ,” केसीले भने, “भ्रष्टाचारको बिरुद्वमा उग्र रुपमा उत्रने तयारीमा छौँ ।”
कोभिडको नाममा देशमै भ्रष्टाचार मौलाइरहेको तर्क गर्दै उनले पीडितको नाममा घोटाला गरिरहेको आरोप लगाए ।
इटहरी सरकारले यथाशीघ्र कोभिडको हिसाब सार्वजनिक गर्नुपर्ने बताउँदै उनले यहाँ कोरोना लागेका पीडितको संख्या, निको भएकाको संख्या र कोरोनाले मृत्यु भएका मानिसको संख्या समेत इटहरीमा नहुनु गम्भीर लापरबाही रहेको बताए ।














Discussion about this post