इटहरीमा मिस हस्पिटालिटी आइकनको तयारी गरिएको छ ।
ब्लु फक्स थिङ्क डिजिटलद्वारा आयोजना गर्न लागिएको मिस हस्पिटालिटी २०२१ को तयारी अगाडि बढाइएको हो ।
कार्यक्रमका संयोजक रिजन रेग्मीका अनुसार कक्षा ११ र १२ का विद्यार्थी लक्षित कार्यक्रम ल्याइएको हो। “आफ्नो क्षमता प्रस्तुत गर्ने एउटा माध्यमका रुपमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो,” उनले भने, “केही दिनमै इटहरी, धरान लगायतका ठाउँमा अडिसन लिने तयारी गरिरहेका छौँ ।”
उनका अनुसार मोडलिङमा इच्छुक युवतीहरूले उक्त कार्यक्रममा सहभागी जनाउनेछन् ।













Discussion about this post