पछिल्लो केही समययता मुलुकमा बढेको राजनीतिक अस्थिरताका कारण आम मानिसका सपना निराशामा परिणत भएका छन् । मुलुकमा ठूला–ठूला परिवर्तन ल्याउँछु भनेर राजनीतिक हल्ला गर्नेहरु अहिले आन्तरिक विवादका कारण आफैँ खुट्टा तानातान गरिरहेका छन् ।
यसैबीच राजाबादीहरुले केही समय अगाडि निकालेको देशव्यापी जुलुसले इटहरीका एक युवालाई श्रीपेच बनाउँन प्रेरित गरेको छ ।
धर्मको नाममा देशमा विकृति फैलिरहेको भन्दै राजाबादीहरुले केही समय अगाडि गरेको देशव्यापी अन्दोलनले इटहरीका एक युवकमा श्रीपेच तयार गर्ने काममा लागेका हुन् ।
इटहरीमा रहेको नीलकण्ठ ज्वेलर्सका सञ्चालक कर्णबहादुर सेन्चुरीले एक लाख मूल्य बराबारको श्रीपेच बनाउन सुरु गरेका हुन् ।
उनले आँफू राजाको श्रीपेच खोसिएकै दिनबाट आफ्नै हातबाट बनाएको श्रीपेच दिन इच्छुक रहेकाले अहिले त्यो रहर पूरा गर्न लागेको जानकारी दिए ।
‘यो रहर चाहिँ मेरो धेरै पहिलाबाट थियो । जुन दिन राजाको श्रीपेच खोसियो, त्यही दिनदेखि आफैँले बनाएर राजाको हातमा दिने सोख थियो ।’ उनले भने ।
तामामा चाँदीको लेपन लगाएर श्रीपेच तयार गरिने बताउँदै उनले श्रीपेचको काम धमाधम भइरहेको बताए ।
















Discussion about this post