सुनसरीको कोशी गाउँपालिका ८ भण्डाबारीबाट प्रहरीले २ थान कटुवा पेस्तोल सहित २ जना पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका दिएको सूचना अनुसार भण्टावारी चोक नजिक कोशी रोयल होटल अगाडि भारतबाट संकास्पद अवस्थामा आउदै गरेको २ वटा मोटरसाइकललाइ नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
सुनसरीका एसपी कमल थापाका अनुसार को ३६ प २३९० र बिआर ५० सि ०२४४ नम्बरको मोटरसाइकलमा उनीहरु नेपालतर्फ आइरहेका थिए । पक्राउ पर्नेमा व्यक्तिहरुमा कोशी गाउँपालिका ८ का ३५ बर्षीय मो मुक्तार मियाँ र २७ बर्षीय सद्दाम मिया रहेका छन् ।
सद्दामले कम्मरको दाँया र बाँया पट्टी भिरेर लुकाई राखेको अवस्थामा २ थान कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । साथै, कालो प्लाष्टिकमा बेरी सोही पेस्तोलमा लाग्ने गोली ५ राउण्ड पनि वरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उपर मुलुकी अपराध संहिता ऐन २०७४ को हातहतियार खरखजना सम्बन्धी कसुर अनुसार कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।















Discussion about this post